गण्डकी विकास बैंकले ग¥यो सहयोग

समाधान संवाददाता २०७७ असार ७ गते २०:१६

समाधान संवाददाता
पोखरा

गण्डकी विकास बैंक लिमिटेडले तालचोक शाखाको चौथो स्थापना दिवसका अवसरमा सहयोग गरेको छ ।

बै‌ंकले पोखरा महानगरपालिका २७ मा रहेको कृष्ण प्रणामी वृन्दावन धाममा आवासीय रुपमा अध्ययनरत ८ बालबालिकाहरुको पठनपाठन तथा भोजनमा सहयोग पुग्ने गरी खाद्यान्न सहयोग गरेको हो ।

Advertisement

तालचोक शाखाको चौथो स्थापना दिवसका अवसरमा गरिएको खाद्यान्न सहयोग हस्तान्तरण गर्दै गण्डकी विकास बैंकका कार्यकारी प्रमुख रेशमबहादुर थापाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत खाद्यान्न सहयोग गरेको बताए ।

कार्यक्रमका अवसरमा कृष्ण प्रणामी वृन्दावन धामका गुरु विष्णु वशिष्ठले उक्त सहयोगबाट त्यस संस्थामा केही भए पनि राहत पुग्ने भन्दै बैंकले गरेको सहयोग साना बाबुनानीहरुको भविष्यसँग जोडिएकोले पुण्यको काम भएको वताए ।

Advertisement

धामकी सञ्चालक कला गुरुङले गण्डकी विकास बैंक परिवारप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।

तालचोक शाखाका प्रवन्धक सन्तोष गुरुङले गण्डकी विकास बैँक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको बताए ।

उक्त अवसरमा लेखनाथ क्षेत्रमा बसेर पत्रकारिता गरिरहेका त्यस कार्यक्रममा उपस्थित पत्रकारहरुलाई मास्क र स्यानिटाइजर समेत वितरण गरिएको थियो ।

कार्यक्रममा कृष्ण प्रणामी बृन्दावन धामका उपाध्यक्ष शंकर पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, धामकी कोषाध्यक्ष उमा गुरुङ लगायतले बैंकको सहयोगप्रति आभार एवं धन्यवाद व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया