मोटरसाइकल दुर्घटनामा युवाकाे मृत्यु

समाधान संवाददाता २०७७ असार ८ गते ११:५९

रासस, चितवन ।

कालिका नगरपालिका–६, स्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–४ का २७ वर्षीय राम महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १ बजे कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको पल्सर मोटरसाइकल खेतमा पानी लैजाने कुलोको कल्भर्टबाट खसेको थियो ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते उनलाई तत्काल भरतपुर अस्पताल ल्याइएको थियो । उपचारको क्रममा बिहान २ः२५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया