दीपक मनाङेले दिए राजीनामा, भन्छन्–यो समितिको कामै छैन

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिका सभापति दीपक कोइरालालाई शुक्रबार राजीनामा बुझाएको सांसद गुरुङले समाधानलाई बताए ।
कामै नभएको समितिमा बसिरहनु औचित्य नदेखेकाले राजीनामा दिएको उनको भनाई छ । ‘ठेक्का पट्टामा मन्त्रीका नजिकका मान्छे इन्जिनियर छन् । अनुगमन गर्ने भनेको त्यस्तै हो ।’ उनले समाधानसंग भने, ‘समितिमा हुँदा म पनि अनुगमनमा गएँ । तर भत्ता मात्र लिने काम जस्तो देखियो । अनियमतता देखिएपनि कारवाही गर्ने अधिकारै छैन ।’
गिटी वालुवको टेन्डरमा ठूलो भ्रष्टाचार रहेको उनले बताए । कर्मचारी, नेतादेखि सबै मिलेर दोहन गरिरहेको उनको आरोप छ । ‘कोत्रेमा हेर्नुस् न मुख्यमन्त्रीदेखि मन्त्री सबै त्यहीँ बाटो ओहोरदोहोर गर्छन्,’ उनले भने, ‘तर त्यहाँ भइरहेको चरम दोहनको वास्तै गर्दैनन् ।’
नामको मात्र समिति भएको र कुनै पनि अधिकार प्राप्त नभएकाले औचित्य विहीन समितिमा बस्न आफैंलाई लाज लागेर राजीनामा दिएको उनले सुनाए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया