याेजना पर्ने मन्त्री र सांसद भाग्यमानी

इन्द्रलाल सापकोटा
नीति तथा कार्यक्रम र बजेटको निकै मुक्त कन्ठले प्रशंसा गरियो । योजना हेर्दा त्यस्तो देखिएन । योजनामा केही सांसद र मन्त्री भाग्यमानी हुनुभएको छ । कुन जिल्लाको वस्तुगत अवस्था के छ त्यो अनुसार बजेट विनियोजन भएन । योजना वितरणमा समन्यायिक प्रणाली अबलम्बन नै गरिएन ।
सडक पुल खानेपानी लगायतमा जिल्लामा ५० करोडको हाराहारीमा अन्तर छ । सडकको बजेटमा २० करोडसम्म अन्तर छ । भौतिक पूर्वाधार मन्त्रीले केही सुधार गरेर ल्याउँदा पनि अवस्था यस्तो छ । नत्र जिल्ला फर्केर जाने अवस्था पनि थिएन ।
चिर्कटोका भरमा, पहुँचका भरमा शक्तिका भरमा बजेट पार्ने पद्धति अन्त्य भएन । माथि (संघ) को बजेट पनि त्यस्तै छ । जिल्लाको वस्तुगत परिस्थितिका आधारमा बजेट विनियोजन गर्नु पर्छ भन्ने सुझाव कार्यान्वयन नै भएन । बजेट शीर्षक हेर्दा कहाँबाट योजना पर्यो अचम्म लागेको छ । सिँचाइ भनेको छ मुहानै छैन । के का भरमा योजना पर्छन् खै ?
२०४६ सालदेखि हामीमा आएको रोग निको पार्न सकेनौं भने कसरी अगाडि बढ्न सक्छौं । सधैं पहुँचका भरमा मात्र बजेट पार्ने परम्पराले निरन्तरता पाएको छ ।
गण्डकी प्रदेश सभामा प्रस्तुत विनियाेजना विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा सांसद सापकाेटाले साेमबारकाे बैठकमा राखेकाे विचार









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया