जिससलाई सक्रिय बनाउन खोजेको हो ?
आशा कोइराला
कतिपय दीर्घकालीन महत्वका योजना छुट हुँदा गम्भीर असर पर्न सक्छ । विषम परिस्थितिमा पनि चुनैती सामना गर्न सक्नु नै सरकारको सफलता मानिन्छ । खानेपानी र सिँचाइलाई प्रामिकतमा राख्नु राम्रो हो । तर कतिपय ठाउँहरुमा योजना परेका छैनन् । अत्यावश्यक योजनालाई निरन्तरता दिनुपर्ने हुन्छ ।
आर्थिक वर्षको अन्त्यमा मात्र काम सुरु गर्ने परम्परालाई निरन्तरता दिने क्रम भंग गर्नुपर्छ । कार्यक्रम नीति तथा कार्यक्रम र मुख्यमन्त्रीको वक्तव्यमा खाद्यान्न बैंक महत्वका साथ आयो तर बजेट खासै देखिएन ।
प्रदेश गौरवको आयोजना भनेर गण्डकी काउ फार्म फिरफिरेमा बनाउने उल्लेख गरियो । यसका लागि कति बजेट छुट्याएको छ । यसबारेमा प्रष्ट हुन चाहन्छु । ग्रामीण गरिबी निवारण भनेर ११ करोड छुट्याइएको छ । कसरी प्रयोग हुने हो ?
प्रदेशको गेमचेन्जर आयोजनामा कास्कीको पुँडीटारमा औद्योगिक क्षेत्र भनिएको छ । तनहुँमा नि औद्योगिक क्षेत्रले समेट्छ । तर बजेटमा तनहुँ छुटेको छ । तयसमा थप गरियोस । जिल्ला समन्वय समितिाई बजेट मात्र होइन कार्यक्रम नि अरु अधिकार दिएर सक्रिय बनाउन खोेजेको हो ? नीति तथा योजना आयोगले प्रदेश भित्रका योजनाको प्रगतिको विवरण छ कि छैन । हरेक खालका योजनाको विवरण आयोगमा खोजेर पाइयोस ।
गण्डकी प्रदेश सभामा प्रस्तुत विनियाेजना विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा सांसद काेइरालाले साेमबारकाे बैठकमा राखेकाे विचार
तपाईको प्रतिक्रिया