पाेखरासहित गण्डकीमा थपिए ५३ संक्रमित, प्रदेशभर ५९३
पाेखरा
गण्डकी प्रदेशमा साेमबार साँझ थप ५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे सँगै प्रदेशभर ५ सय ९३ जनामा काेराेना पुष्टि भएकाे छ
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीसहित, तनहुँ, गाेरखा, स्याङ्जा, बागलुङ, लमजुङ, पर्वत र नवलपुरमा गरी ५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य निर्देशक डा विनाेदविन्दु शर्माका अनुसार तनहुँकाे भीमाद मा ३ पुरुष, घिरीङमा १ पुरुष, आँबुखैरेनीमा ३ पुरुष, बन्दीपुरमा ९ पुरुष र १ महिला गरी जम्मा १७ जनामा काेराेना पुष्टि भएकाे छ ।
स्याङ्जाकाे अर्जुनचाैपारीमा ५ पुरुष र १ महिला, वालिङमा १ पुरुष, कालीगण्डकीमा २ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएकाे निर्देशनालयले जनाएकाे छ ।
बागलुङकाे निशिखाेलाका ७ महिनाकाे बालक र ताराखाेलामा ७ पुरुष गरी जिल्लामा थप ७ जनामा काेराेना देखिएकाे हाे ।
यसैगरी गाेरखाकाे गण्डकी गाउँपालिकाका ३ पुरुष, भीमसेन गाउँपालिकाका ३ पुरुष र २ महिला, सहिद लखनका ३ पुरुषमा गरी थप ११ जनामा काेराेना पुष्टि भएकाे छ ।
लमजुङकाे क्हाेलासाेथरका १ पुरुष, मध्यनेपालका २ पुरुष, दूधपाेखरीका १ पुरुष र बेसिसहरका १ महिला गरी ५ जनामा काेराेना देखिएकाे छ । लमजुङ जिल्लाभित्रै काेराेना देखिएकाे याे पहिलाेपटक हाे । लमजुङ घर भएर जिल्लाबाहिर बस्ने १ जनामा पहिला ने काेराेना पुष्टि भएकाे थियाे ।
यसैगरी पर्वतकाे कुश्मा नगरपालिकाका १ पुरुष, नवलपुर बाैलीकालीका १ पुरुष र कास्कीकाे पाेखराका १ पुरुषमा पनि काेराेना पुष्टि भएकाे छ ।
स्याङ्जामा अब १ सय ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यसैगरी नवलपुरमा १ सय ४१ जनामा, बागलुङमा १ सय २५ र कास्कीमा १८ जनामा काेराेना पुष्टि भइसकेकाे छ । तनहुँमा ८९, पर्वतमा ४६, गाेरखामा ५१ र म्याग्दीमा ८ जनामा काेराेना देखिएकाे छ । यसैगरी लमजुङमा ६ जना, मनाङ र मुस्ताङमा हालसम्म १/१ जनामा संक्रमण भएकाे छ ।
गण्डकीका सबै जिल्लामा काेराेना देखिएकाे र आइसाेलेसन वार्ड पनि भरिँदै गएकाले चुनाैती चुलिएकाे छ । थाेरै संख्यामा काेराेना संक्रमित हुँने आँकलन गरी बनाइएका आइसाेलेसन वार्ड भरिएका कारण कतिपय जिल्लामा थप व्यवस्थापनमा स्थानीय प्रशासन जुटेकाे छ ।
प्रदेशमा हालसम्म ५५ जना बिरामी निकाे भएर घर फर्केका छन् भने काेरानाकै कारण १ जनाकाे मृत्यु भएकाे छ । प्रदेशकाे प्रयाेगशालामा स्वाबका नमुना थुप्रिएपछि चितवन र काठमाडाैं समेत पठाउनु परेकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया