स्थानीय तहलाई बेवास्ता गरियो

मनकुमारी गुरुङ
धेरैजसो योजना पुराना आएका छन् । योजना समावेश गर्दा आम नागरिकले चाहेका बढी महत्वपूर्ण योजना कुन हुन् त्यसमा ध्यान दिनुपर्ने हो । त्यसो भएको छैन । प्राथमिकता तोकेर योजना आएको छैन । महत्वपूर्ण योजना छुटेका छन् ।
अहिले परिवेश छुट्टै रहेको हुनाले बजेट डाइभर्ट गरियो । प्रतिपक्षले आवाज उठाउँदा पनि कोरोना कोषमा बजेट पुगेको छैन भनेर सुझाव दियौं । रेडबुकमा आएका योजना हामीलाई चित्त बुझेका छैनन् । पहिलो नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाएका धेरै काम भएका छैनन् । नारामा मात्र सिमित भएका छन् ।
५ वर्षमा कहाँ पुग्ने हो लक्ष्य निर्धारण गरिनुपर्छ । स्थानीय तहका योजना प्राथमिकतामा राखिनुपर्छ । रातो किताबमा समावेश गरेर ल्याउनुपर्छ भनेका थियौं । तर भएको छैन ।
सिंहदरबार घरघरमा आउँछ भनेर भनेका थियौं । त्यही अनुसार स्थानीय तहसँग समन्वय गरेर जानुपर्ने हुन्थ्यो । हैन भने द्वन्द्व सिर्जना हुन्छ । संघीयतालाई टिकाउने हो भने ३ तहका सरकारबीच समन्वय हुन जरुरी छ । बास्केटमा राखिएको योजना बाँडफाँट गर्दा सबैको अपनत्व हुने गरी बाँडफाँट गरियोस भन्ने मेरो सल्लाह हो ।
गण्डकी प्रदेश सभामा प्रस्तुत विनियाेजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा कांग्रेस सांसद गुरुङले साेमबारकाे बैठकमा राखेकाे विचार









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया