योजना छनोटमा पक्षपात

पियारी थापा
बजेटका बेलामा पनि भनेको थिएँ यो सुन्तला मिठाइँ हो भनेको थिए । योजनाको किताब आउँदा त्यो झनै प्रमाणित भयो । यसलाई पनि सुन्तला मिठाइँको अर्को पार्टको रुपमा म लिन्छु । अभावका आधारमा भन्दा पनि प्रभावका आधारमा पक्षपात रुपमा योजना आएका छन् । योजना छनोटमा पक्षपात भएको छ । चुनाव केन्द्रित बजोट आएको छ ।
लोकको लागि भन्दा पनि चुनावकै लागि हो बजेट । मन्त्रीको जिल्ला गण्डकीमा पर्ने, अरु जिल्ला नपर्ने जस्तो भएको छ । योजना बाँडफाँट र बजेटले त्यही देखायो । कतै लेख्नै नसक्ने गरी बजेट पर्ने, कतै बजेट नपर्ने अवस्था देखियो ।
एउटै संस्थाले टेन्डर, अनुगमन र भुक्तानीको अधिकार दिइनु हुँदैन अलग्गै संरचना खडा गरिनुपर्छ । रकम भुक्तानीमा पनि निकै समस्या छ । डेढ वर्षको काम ६ महिना अघि नै सकेको छ भने त्यति बेला पनि भुक्तानी दिने पद्धति बसाल्नुपर्छ । मुख्य मन्त्रीकोमा ठूला कार्यक्रम राखिएको छ । पूर्वाधार कार्यक्रमका लागि जनशक्ति अभाव भयो भन्नेमा विचार गर्न अनुरोध गर्छु ।
जिल्ला समन्वय समितिलाई अनुगमनको जिम्मा दिइनुपर्छ ।
नीति तथा योजना आयोगको कार्यक्रम पोखराको ग्रान्ड होटलमा सिमित भयो । जिल्लामा पनि विस्तार गरिनुप¥यो । परम्परागत भन्दा पनि यथार्थमा आधारित योजना आयोगले बनाउनुपर्छ ।
विपद व्यववस्थापनका लागि भएको राहत कोषको रकम निकै कम छ । हामीले गुहार्दा रकम छैन भन्नुहुन्छ मन्त्रीज्यू । यो रकम थप गरेर जानुपर्छ । पोखराको ट्राफिक अवस्था चुस्त बनाइनुपर्छ । पार्किङ र सडक लाइट व्यवस्था गरिनुपर्छ ।
अर्थमन्त्रालयले करोड आम्दानी हुने र हजार आम्दानी हुनेलाई एकै खालका कर निर्धारण गर्न हुँदैन । राजश्व चुहावट रोक्न विषेश संयन्त्रको व्यवस्था गरिनुपर्छ ।
गण्डकी प्रदेश सभामा प्रस्तुत विनियाेजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा राजमाेका सांसद थापाले साेमबार बैठकमा राखेकाे विचार







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया