गौरवका आयोजना मुख्यमन्त्री मातहत हुनुपर्छ
राजीव पहारी
रातो किताबलाई औषधीको रुपमा लिएको छु । औषधी गुलियो मात्र हुँदैन तीतो पनि हुन्छ । तितो भए पनि औषधीले रोग निको पार्छ । योजनाहरु धेरै राम्रा आएका छन् । हेलो मुख्यमन्त्री, वार रुमको काम प्रभावकारी भएको छ । प्रदेश समन्वय परिषद र प्रदेश समस्या समाधान समिति मुख्यमन्त्रीको नेतृत्वमा छ । यसले कामलाई गति दिने मलाई विश्वास छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले पनि जनशक्तिलाई दक्ष बनाउन काम गर्नेछ । मेरो एउटा सुझाव छ । प्रदेश गौरवका आयोजनाको प्रत्यक्ष नेतृत्व मुख्यमन्त्रीले नै नेतृत्व लिनुपर्छ । जस्तै फेवातालको काममा उहाँले अग्रसरता लिएमा संरक्षणको काम प्रभावकारी हुन्छ भन्ने लागेको छ ।
आर्थिक मामिलाले पनि अवस्था अनुकुलको अर्थ विविधि भनेर पहिला एकमुष्ट रकम राखिएको थियो । अहिले शीिर्षक नै छुट्याएको छ । यो राम्रो पक्ष हो । विषम परिस्थितिमा पनि स्थानीय तहलाई दिने अनुदान घटाइएको छैन ।
बजेट घट्दा पनि धेरै योजनालाई निरन्तरता दिन सक्नु भौतिक योजना मन्त्रालयको सबल पक्ष हो । ५० लाखको काम भनेर टेन्डर निकाल्ने, ३० लाखमा ठेक्का लगाएर काम लगाउँदा गुणस्तरीय भएन यसमा सुधार हुनुपर्छ ।
गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा साेमबार नेकपा सांसद पहारीले राखेकाे विचार
तपाईको प्रतिक्रिया