जनता र सांसद झुक्याउने योजना
डोबाटे विश्वकर्मा
मुटुमाथि ढुंगा राखी हास्नु पर्या छ भनेजस्तै छ यो बजेट । सत्ता पक्षकै माननीयले पनि बजेटका कार्यक्रमका बारेमा धेरै कुरा भनिसक्नु भएको छ । राम्रो बजेट छ । रातो किताबमा सेतो थप्दा उँट जस्तो भएको छ । बजेटको खर्च हेर्दा तालिम गोष्ठी, सेमिनार शीर्षकलाई जोड दिइएको छ । यसले भ्रष्टाचार र अनियमितता बढाउने देखिन्छ ।
योजनाको रकम कटौती गरेर कोरोना नियन्त्रणका लागि राखौं भनिएको हो । फेरि धुमी फिरी रुम्जाटार जस्तै भयो । बजेट बनाउने क्रममा नीति योजना आयोजनाको भूमिका हुन्छ होला । बजेट २३ करोड छ, ४ सय ४० योजना छन् । गतसालको बजेटमा पनि धेरै त्रुटि भए । हामीले सुझाव दियौं । अहिले पनि फेरि ६३ पुल १ सय १५ पुल १ सय १४ झोलुंगे पुल भनिएको छ । एउटा योजनालाई ५ लाख ३४ लाख रुपैयाँ भागमा पर्ने रहेछ । कसरी सम्पन्न हुन्छ योजना ?
परम्पराको सामन्ती सोचबाट आएको छ योजना । ऋण माग्न गए एक साता झुलाउने, सय रुपैयाँ मागे १० रुपैयाँ दिइन्थ्यो । बजेटमा त्यसै भएको छ । जनता र सांसद झुक्याउने तरिकारले बजेट ल्याउनु हुँदैन । यो पद्धति अन्त्य गरिनुपर्छ ।
गण्डकी प्रदेश सभामा प्रस्तुत विनियाेजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा कांग्रेस सांसद विकले साेमबारकाे बैठकमा राखेकाे विचार
तपाईको प्रतिक्रिया