पञ्चवर्षीय योजना हेर्न मात्रै हो ?

समाधान संवाददाता २०७७ असार ९ गते ६:५२

सरीता गुरुङ

भ्रष्टाचारमुक्त सुशासन कायम गर्ने भनिएको छ । बजार हल्लामा त्यो देखिँदैन । सरकारको काम कारवाहीमा पारदर्शिता नभएको एकलौटी भएको महसुस भएको छ । विकास प्रक्रिया लम्बेतान भएको पाइएको छ । कार्यान्वयन पक्षमा जोड दिइनु प¥योे । नारामा मात्र होइन काममा हुनुपर्छ ।

भौतिक योजनाका कार्यक्रममा धेरै त्रुटि छ । पञ्चवर्षीय योजनाको ठूलो किताव हामीलाई दिइएको छ । त्यो हेरेपछि अब प्रदेशको विकास हुनेछ भन्ने लागेको थियो । त्यो किताब किन बनाइयो मैले बुझ्न सकिन । त्यो अनुसार बजेट विनियोजन भएको छैन । कार्यक्रम आएको छैन । योजनाको कार्यान्वयन पक्ष फितलो छ ।

Advertisement

केन्द्रको लोक सेवा आयोगको काम निश्पक्ष छ । यो प्रदेशमा आयोग छ, बजेट छुट्याइएको छ पक्कै प्रभावकारी रुपमा काम गर्नेछ । अहिले यसको काम मैले देखेको छैन ।

गण्डकी प्रदेश सभामा प्रस्तुत विनियाेजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा कांग्रेस सांसद गुरुङले साेमबारकाे बैठकमा राखेकाे विचार

Advertisement

तपाईको प्रतिक्रिया