म्यान्चेस्टर सिटी ५, बर्नली शून्य

एजेन्सी
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ५–० ले परजित गरेको छ । यो प्रदर्शन म्यान्चेस्टर सिटीको सिजन कै उत्कृष्ठ खेल मध्ये एक हो ।
पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो उसका लागि फिल फोडिन र रियाद महरेजले दुई–दुई गोल गरे। यस्तै डेविड सिल्भाले एक गोल गरे ।
फोडिनले २२ र ६३ औँ तथा महरेजले ४३ र पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । सिल्भाले ५१ औँ मिनेटमा गोल गरे ।
म्यानचेस्टर सिटीको यो जितले लिभरपुलको चाँडै नै उपाधि पक्का गर्ने यात्रा केही पर धकेलिएको छ। यो जितका कारण आउँदो खेलमा विजयी हुँदैमा लिभरपुलले उपाधि पक्का गर्न नपाउने भएको छ।
दोस्रो स्थानको सिटीको जितपछि ३० खेलबाट ६३ अंक भएको छ। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट २० अंक बढी रहेको छ। ११ औँ स्थानको बर्नलीको ३० खेलबाट ३९ अंक रहेको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया