‘मुख्यमन्त्री र अर्थमन्त्रीबीच महँगाे गाडी चढ्ने हाेडबाजी’

हरिशरण आचार्य
मुख्यमन्त्रीज्यूले भनेजस्तै सुशासन कायम गर्ने हो भने आफै २ करोडको गाडी छाडिदिनुस । अनि नैतिकताको कुरा गर्न सुहाउँछ । मुख्यमन्त्री र अर्थमन्त्रीबीच महंगो गाडी चढ्ने प्रतिस्पर्धा भइरहेको छ ।
यो बजेटका कार्यक्रम सबैले आआफ्नो तरिकाले डम्फु बजाएजस्तो आएको छ । मुख्यमन्त्री र मन्त्रीहरु कसले आआफ्नो निर्वाचन क्षेत्रमा बजेट सोहोर्ने भनेर प्रतिस्पर्धा भइको छ । एउटा क्षेत्रमा ९७ करोड पर्छ । करिब ३५ अर्बको बजेटमध्ये मुख्यमन्त्रीको क्षेत्रमा २ अर्बको बजेट छ । बजेट समन्यायिक हुनुपर्दैन ? सदनमा हामीले अर्थमन्त्रीेको खोक्रो आश्वासन कति सुन्ने ?
हामी सदनमा भाँडाकुँटी खेल्न आएका हाैं ? मेरै जिल्लाका कुरा गर्ने हो भने भौतिक पूर्वाधार विकास मन्त्रीले ३ भागको २ भाग बजेट आफ्नो निर्वाचन क्षेत्रमा पार्नुभएको छ ।
मुख्यमन्त्रीज्यूले भनेजस्तै सुशासन कायम गर्ने हो भने आफै २ करोडको गाडी छाडिदिनुस । अनि नैतिकताको कुरा गर्न सुहाउँछ । मुख्यमन्त्री र अर्थमन्त्रीबीच महंगो गाडी चढ्ने प्रतिस्पर्धा भइरहेको छ ।
मैले पहिल्यैदेखि भन्दै आएको कुरा हो, प्रदेश विकास प्राधिकरण खारेज गरियोस भनेर । नीति तथा योजना आयोगलाई प्रभावकारी बनाइयो भने प्राधिकरण किन चाहियो ? मेरो क्षेत्रमा ५ वटा योजनालाई १५ लाख रुपैयाँ परेको छ । अति आवश्यक योजनालाई कम बजेट छ । अलि महत्वपूर्णमा कम छ ।
मुख्यमन्त्री जलवायुमैत्रीको कृषि नमुना गाउँ कार्यक्रमको नाम फेरेर आएको छ । यसमा अब बोर्ड फेर्नु पर्ने हो कि । मोडल बनाउने हो भने अलि बढी बजेट पार्नुस न ?
बजेट बढी विकेन्द्रत भयो । प्राथमिकता अनुसार बजेट छुट्याउन सकिएन । मुख्य नाकाहरु बजेटमा दुब्लाएका छन् । मोटो बनाउनुपर्याे । कोरोना र विकास कार्यक्रमलाई अलग गरियोस । कोरोनालाई महाविपत्तिका रुपमा अलग योजना बनाएर अगाडि बढाउनुपर्छ ।
गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार जनता समाजवादीका सांसद हरिशरण आचार्यले राखेकाे विचार









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया