अपडेट हुँदैन सरकारी साइट – एउटै अधिकृत २ जिल्लामा

समाधान संवाददाता २०७७ असार ९ गते १४:३४

समाधान संवाददाता, पोखरा

मुस्ताङमा सहायक प्रजिअ रहेका घनश्याम गौतम पर्वत आएको डेढ महिना पुग्यो । लकडाउनकै बीच गौतम पर्वत प्रशासनमा सरुवा भएर प्रशासकीय अधिकृतको भूमिकामा आए । उनी वैशाख अन्तिममा पर्वत आएका हुन् ।

उनको ठाउँमा कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा कार्यरत जगदीश अर्याल आउनुपर्ने हो । लकडाउनले गर्दा अर्याल आउन पाएका छैनन् । अब कुरा नघुमाइ विषयवस्तुमा जाउँ ।

Advertisement

पर्वत आएर कार्यभार सम्हालिसकेका गौतम अझै मुस्ताङका सहायक सिडिओ छन् । तर काम गरेर होइन जिल्ला प्रशासन कार्यालय मुस्ताङको वेबसाइटअनुसार । उनै गौतमको नाम पर्वतमा प्रशासकीय अधिकृतमा छ ।

मुस्ताङ प्रशासनको साइट उनको सरुवा भएपछि पनि अपडेटे छ । कोरोनासम्बन्धी विभिन्न सूचना प्रकाशन भइरहेको छ । तर सरुवा भएर अर्को जिल्ला पुग्दा पनि मुस्ताङ प्रशासनले गौतमलाई जिल्लामै रहेको देखायो।

Advertisement

सरुवा भएर आएको मिति र अनअपडेटेड मुस्ताङ प्रशासनको साइटबारे हामीले मुस्ताङका पूर्व सहायक प्रजिअ गौतमसँग जिज्ञासा राख्यौं । उनले साइटमा आफ्नो नाम र फोटो रहेकोबारे अनविज्ञता जनाए ।

‘अर्को साथी आउनुपर्ने हो । उहाँ आइपुग्नुभएको छैन । साइटमा म बनाउन लगाउँछु,’ गौतमले भने । उनलाई सम्पर्क गरेलगत्तै अहिले भने साइटबाट उनको नाम र फोटो हटाइएको छ ।

मुस्ताङ प्रशासनको साइट हेर्न यहाँ क्लिक गनुहोस् ।

पर्वत प्रशासनको साइट हेर्न यहाँ जानुहोस् ।

यी तस्बिर हेर्नुहोस्

मुस्ताङ प्रशासनको साइट
पर्वत प्रशासनको साइट

मुस्ताङमा सहायक प्रजिअ पद रिक्त रहे पनि साइटमा दिइएको नम्बरमा फोन हान्दा रिसिभ हुँदै आएको छ ।

उक्त नम्बरमा फोन हान्दा इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख दिवाकर पौडेलले उठाउँछन् ।जिल्ला प्रशासनले सूचना अधिकारीको जिम्मा पौडेललाई दिएको छ ।

तपाईको प्रतिक्रिया