अपडेट हुँदैन सरकारी साइट – एउटै अधिकृत २ जिल्लामा

समाधान संवाददाता, पोखरा
मुस्ताङमा सहायक प्रजिअ रहेका घनश्याम गौतम पर्वत आएको डेढ महिना पुग्यो । लकडाउनकै बीच गौतम पर्वत प्रशासनमा सरुवा भएर प्रशासकीय अधिकृतको भूमिकामा आए । उनी वैशाख अन्तिममा पर्वत आएका हुन् ।
उनको ठाउँमा कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा कार्यरत जगदीश अर्याल आउनुपर्ने हो । लकडाउनले गर्दा अर्याल आउन पाएका छैनन् । अब कुरा नघुमाइ विषयवस्तुमा जाउँ ।
पर्वत आएर कार्यभार सम्हालिसकेका गौतम अझै मुस्ताङका सहायक सिडिओ छन् । तर काम गरेर होइन जिल्ला प्रशासन कार्यालय मुस्ताङको वेबसाइटअनुसार । उनै गौतमको नाम पर्वतमा प्रशासकीय अधिकृतमा छ ।
मुस्ताङ प्रशासनको साइट उनको सरुवा भएपछि पनि अपडेटे छ । कोरोनासम्बन्धी विभिन्न सूचना प्रकाशन भइरहेको छ । तर सरुवा भएर अर्को जिल्ला पुग्दा पनि मुस्ताङ प्रशासनले गौतमलाई जिल्लामै रहेको देखायो।
सरुवा भएर आएको मिति र अनअपडेटेड मुस्ताङ प्रशासनको साइटबारे हामीले मुस्ताङका पूर्व सहायक प्रजिअ गौतमसँग जिज्ञासा राख्यौं । उनले साइटमा आफ्नो नाम र फोटो रहेकोबारे अनविज्ञता जनाए ।
‘अर्को साथी आउनुपर्ने हो । उहाँ आइपुग्नुभएको छैन । साइटमा म बनाउन लगाउँछु,’ गौतमले भने । उनलाई सम्पर्क गरेलगत्तै अहिले भने साइटबाट उनको नाम र फोटो हटाइएको छ ।
मुस्ताङ प्रशासनको साइट हेर्न यहाँ क्लिक गनुहोस् ।
पर्वत प्रशासनको साइट हेर्न यहाँ जानुहोस् ।
यी तस्बिर हेर्नुहोस्


मुस्ताङमा सहायक प्रजिअ पद रिक्त रहे पनि साइटमा दिइएको नम्बरमा फोन हान्दा रिसिभ हुँदै आएको छ ।
उक्त नम्बरमा फोन हान्दा इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख दिवाकर पौडेलले उठाउँछन् ।जिल्ला प्रशासनले सूचना अधिकारीको जिम्मा पौडेललाई दिएको छ ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया