गाडी पूजा गर्न प्रदेश सरकारको ५ लाख बजेट

सवारी साधनको पूजा गर्न ५ लाख रुपैयाँ छुट्याइएको रहेछ । आफ्नो पकेटको पैसाबाट गरेको भए हुन्थ्यो पूजा । यो परम्परावादी भयो कि भन्ने हो तर बजेट ठूलो भने होइन ।
दीपक कोइराला
अहिलेको विषम परिस्थितमा विनियोजित बजेट हेर्दा हामीले सोचेजस्तो खोजेजस्तो हुने सम्भावना पनि थिएन र भएन पनि । जुन बीचको बाटोबाट सापेक्षतामा आयो यसले हाम्रा अघिल्ला प्रतिबद्धतालाई पूरा गर्न सहयोग गरेको छ । नीति तथा कार्यक्रम १ वर्षका लागि मात्र ल्याइने होइन । धेरै वर्षको लक्ष्य राखेर आएको हुन्छ ।
मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालय अन्तर्गत प्रदेश विकास प्राधिकरण, निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, एक्सन रुम, जिससलाई अनुगमनको जिम्मा दिने जस्ता राम्रा कार्यक्रम आएका छन् ।
मेरो आँखा भने सानो शीर्षकमा गयो । सवारी साधनको पूजा गर्न ५ लाख रुपैयाँ छुट्याइएको रहेछ । आफ्नो पकेटको पैसाबाट गरेको भए हुन्थ्यो पूजा । यो परम्परावादी भयो कि भन्ने हो तर बजेट ठूलो भने होइन ।
निर्वाचन क्षेत्र पूर्वाधारका कार्यक्रमलाई उत्पादन र रोजगारीसँग जोड्न जरुरी छ । निजी क्षेत्रसँग सहकार्य गरे जानुपर्छ । आर्थिक मामिलाले तालिम गोष्ठीमा धेरै बजेट विनियोजन गरेको छ । संक्रामक रोगको अस्पतालका लागि पनि बजेट राखेको छ । आन्तरिक आम्दानी बढाउन खोजेजस्तो देखिन्तछ । यो राम्रो पनि हो । तर ठोस कार्यक्रमका साथ अगाडि बढाउनुपर्छ । स्वास्थ्यको बजेट सम्बन्धित मन्त्रालयबाटै गएको भए राम्रो हुने थियो ।
पूर्वाधारमा पोखरा र लामेआहाल बसपार्क बनाउने भनिएको छ । हुन त महानगरसँग सहकार्य पनि गर्ने भनिएको छ । २ बसपार्कका नाममा १ करोड छुट्याइएको छ । शीर्षक अनुसार बजेट मिलेन । न्यायोचित वितरण हुन सकेन कि । कार्यक्रम बीचको समायोजन पनि हुन सकेन । पेपरदेखि पेपरसम्म नो फिल्ड वर्क, उद्घाटनदेखि शिलान्याससम्मका काम अब रोक्नुपर्छ कि ।
गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार नेकपा सांसद काेइरालाले राखेकाे विचार । उनी अर्थ तथा विकास समिति सभापति हुन् ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया