प्रतिपक्षलाई सिध्याउने खालको बजेट

विन्दुकुमार थापा
यो बजेट परम्परागत सोचबाट मात्र होइन पूर्वाग्रहबाट ग्रसित छ । अबको चुनावपछि प्रतिपक्षबिनाको सरकार बनाउने सोचका साथ यो बजेट आएको छ । प्रमुख प्रतिपक्षलाई सिध्याउने तरिकाले आएको छ । यो जनमुखी होइन पार्टीमुखी दस्ताबेजको नमुजा हो । विपक्षी सांसदको भूमिका घटाउने, तेजोवध गर्ने, प्रभावशाली कर्मचारी, वडाका प्रतिनिधि, संघका सांसदको प्रभावको आधारमा बजेट परेको छ ।
म यो पालि कुनै पनि मन्त्रीकोमा बजेट माग्न गइनँ । पर्यटन मन्त्रीलाई धन्यवाद दिनुपर्छ । पोहोर तपाइँको बजेट परेन, यो पालि के के छन् भनेर माग्नुभएको थियो । त्यही अनुसार सूची दिएको थिएँ । तर पनि योजना परेनछन् । फेरि पनि धन्यवाद ।
सरकारको प्राथमिकता के हो बुझ्न सकिएको छैन । सार्वजनिक विद्युतीय सवारीमा प्रोत्साहन गर्न प्रदेशले १० करोड छुट्याइएको छ । जेठ १५ गते संघको बजेट आउँदा विद्युतीय सवारीको भन्सार र अन्तशुल्क बढाइएको छ । यसले गर्दा प्रतिगाडीमा ४५ लाख रुपैयाँ बढी आउँछ । संघीय सरकारको पोलिसी विपरीत आएको छ यो बजेट ।
प्रदेश प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा बजेटमा पोखरा ९ को बसपार्क र लामेआहालको प्रसंग आएको थियो । तर रातो र सेतो कितावमा रकम कतै भेटिन । अब फेरि अर्को पहेंलो किताबमा पो आउने हो कि ? अहिले जनतालाई विकास निर्माण भन्दा पनि कसरी बच्ने र बचाउँने भन्ने अपेक्षा छ । व्यवस्थित र सुरक्षित क्वारेन्टाइन, आइसोलेसन, कोरोना विशेष अस्पतालको व्यवस्था, पिसिआर रिपोर्ट छिटो आउनुपर्यो ।
कोरोना कोषको धेरै रकम खर्च हुन बाँकी छ । कोषको रकम छिटो खर्च गरेर दायरा बढाएर, व्यवसायीलाई आर्थिक राहत प्याकेज ल्याउन उक्त रकम खर्चिनु पर्छ । पोखरालाई प्रदेशको राजधानीजस्तो बनाउन त्यही अनुसारको पूर्वाधार बनाउनुपर्यो यहाँका मन्त्री नभएर हो कि पोखरा प्राथमिकतामा परेको छैन ।
गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार कांग्रेस सांसद थापाले राखेकाे विचार







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया