प्रतिपक्षलाई सिध्याउने खालको बजेट

समाधान संवाददाता २०७७ असार ९ गते १५:१९

विन्दुकुमार थापा

यो बजेट परम्परागत सोचबाट मात्र होइन पूर्वाग्रहबाट ग्रसित छ । अबको चुनावपछि प्रतिपक्षबिनाको सरकार बनाउने सोचका साथ यो बजेट आएको छ । प्रमुख प्रतिपक्षलाई सिध्याउने तरिकाले आएको छ । यो जनमुखी होइन पार्टीमुखी दस्ताबेजको नमुजा हो । विपक्षी सांसदको भूमिका घटाउने, तेजोवध गर्ने, प्रभावशाली कर्मचारी, वडाका प्रतिनिधि, संघका सांसदको प्रभावको आधारमा बजेट परेको छ ।

म यो पालि कुनै पनि मन्त्रीकोमा बजेट माग्न गइनँ । पर्यटन मन्त्रीलाई धन्यवाद दिनुपर्छ । पोहोर तपाइँको बजेट परेन, यो पालि के के छन् भनेर माग्नुभएको थियो । त्यही अनुसार सूची दिएको थिएँ । तर पनि योजना परेनछन् । फेरि पनि धन्यवाद ।

Advertisement

सरकारको प्राथमिकता के हो बुझ्न सकिएको छैन । सार्वजनिक विद्युतीय सवारीमा प्रोत्साहन गर्न प्रदेशले १० करोड छुट्याइएको छ । जेठ १५ गते संघको बजेट आउँदा विद्युतीय सवारीको भन्सार र अन्तशुल्क बढाइएको छ । यसले गर्दा प्रतिगाडीमा ४५ लाख रुपैयाँ बढी आउँछ । संघीय सरकारको पोलिसी विपरीत आएको छ यो बजेट ।

प्रदेश प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा बजेटमा पोखरा ९ को बसपार्क र लामेआहालको प्रसंग आएको थियो । तर रातो र सेतो कितावमा रकम कतै भेटिन । अब फेरि अर्को पहेंलो किताबमा पो आउने हो कि ? अहिले जनतालाई विकास निर्माण भन्दा पनि कसरी बच्ने र बचाउँने भन्ने अपेक्षा छ । व्यवस्थित र सुरक्षित क्वारेन्टाइन, आइसोलेसन, कोरोना विशेष अस्पतालको व्यवस्था, पिसिआर रिपोर्ट छिटो आउनुपर्‍यो ।

Advertisement

कोरोना कोषको धेरै रकम खर्च हुन बाँकी छ । कोषको रकम छिटो खर्च गरेर दायरा बढाएर, व्यवसायीलाई आर्थिक राहत प्याकेज ल्याउन उक्त रकम खर्चिनु पर्छ । पोखरालाई प्रदेशको राजधानीजस्तो बनाउन त्यही अनुसारको पूर्वाधार बनाउनुपर्‍यो यहाँका मन्त्री नभएर हो कि पोखरा प्राथमिकतामा परेको छैन ।

गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार कांग्रेस सांसद थापाले राखेकाे विचार

तपाईको प्रतिक्रिया