मुस्ताङको जनज्योति स्कुलको छात्राबास एक वर्षमा बन्ने

एसके थकाली
जोमसोम, ९ असार
हिमाली जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—३ घिलिङको जनज्योति आधारभुत विद्यालयको छात्राबास भवन शिलन्यास गरिएको छ ।
छात्रबास भवनको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विबष्टले एक समारोहका बीच स्थानीय सांस्कृतिक प्रचलन अनुसार सोमबार शिलन्यास गरेका हुन् ।
जनज्योति आधारभुत विद्यालय लोघेकर दामोदकुण्ड गाउँपालिकामा कक्षा ८ सम्म पढाइ हुने २ विद्यालय मध्ये एक हो । विद्यालयको काम चलाउ छात्राबास भवन भए पनि २०७२ सालको महाभूकम्पले क्षति पु¥याएको थियो । ठाउँ–ठाउँमा चर्किएको उक्त विद्यालयको छात्राबास भवनमा बालबालिका जोखिम मोलेर बस्न बाध्य थिए ।
भूकम्पले भवन जोखिम बढेपछि स्थानीयले नयाँ भवन निर्माणको माग गर्दै आइरहेका थिए । गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा चालू आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगबाट ४ करोड ४७ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत संघीय सांसद विकास कोषमार्फत ५० लाख गरी कुल ४ करोड ९७ लाख बजेट छात्राबास बनाउन विनियोजन भएको छ ।
जनज्योती विद्यालयको छात्राबास निर्माणका लागि ईमाटोल÷कोमल कन्ट्रक्सन जेभीले जिम्मा लिएको छ । बहुवर्षीय योजनाको उक्त भवन आर्थिक वर्ष २०७७/०७८ को असारमा सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि अजित थकालीले जानकारी दिए ।
उनका अनुसार नयाँ बन्ने छात्राबास भवनको संरचना २ तले हुनेछ । त्यसमा करिब ४० कोठा हुने कम्पनीका प्रतिनिधि थकालीले बताए । कक्षा ८ सम्म कक्षा सञ्चालनको अनुमति पाएको उक्त विद्यालयमा मातृभाषा शिक्षाका समेत पढाइ हुने गरेको छ ।
विद्यालयमा शिक्षकको स्थायी दरबन्दीबाहेक अन्य अस्थायी शिक्षकको तलब भत्ता माईतीरत्न नेपालले उपलब्ध गराउँदै आएको छ । संस्थाले छात्राबासमा बस्ने विद्यार्थीहरुको खानबस्न र लत्ताकपडा लगायतमा आर्थिक सहयोग गर्दै आईरहेको विद्यालयले जनाएको छ ।
विद्यालयमा ३ जना स्थानीय अस्थायी शिक्षक र ३ जना मातृभाषा तथा अन्य बिषय अध्यापन गराउने शिक्षक कार्यरत छन् । छात्राबास भवनको शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङको शैक्षिक विकासमा सरकारले गरेको सहयोगले गरिब तथा विपन्न समुदायलाई टेवा पुगेका बताए ।
उनले गाउँपालिकाभित्र माध्यमिक तहको विद्यालय नरहेको दुखेसो व्यक्त गर्दै बृहत छात्राबास भवन निर्माणले उच्च शिक्षा सञ्चालनको बाटो खुलेको उल्लेख गरे । घिलिङको जनज्योती विद्यालयमा जिल्ला बाहिरबाट आएका बालवालिकालाई छात्राबासको सुविधा उपलब्ध गराइएको छ । स्थानीय बालबालिका भने घरबाटै आउजाउ गर्ने गरेका छन् ।






फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया