नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो
समाधान संवाददाता
२०७७ असार ९ गते १६:३२

नेपालमा मंगलबार ५ सय ३८ काेराेना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लाे २४ घन्टामा देशका विभिन्न जिल्लामा संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
याेसँगै नेपालमा संक्रमितकाे संख्या १० हजार ९९ पुगेकाे छ ।
आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन्। यीसहित हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन्।
त्यस्तै मृतक २४ जनामा कोरोनाभाइरस देखिएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया