प्रदेश सरकार वडा कार्यालयजस्तो हो ?

प्रकाशचन्द्र दवाडी
मालदिभ्स, दुबई कतारबाट नेपाल ल्याइयो । गण्डकी प्रदेशबाट छुट्याइएको बजेटजस्तै असरल्ल भएको छ । पिसिआर गर्दा १६ हजार लाग्छ रे । ४ हजारको कोठामा राखिएको छ । गोरखाका महेश अधिकारी अलपत्र पर्नु भएको छ । यसतर्फ ध्यान जाओस सरकारको ।
बजेटपछि राम्रो किताब आयो जस्तो लागेको थियाो । ढोकाबाट, झ्यालबाट आउलाजस्तो लागेको थियो । तर योजना पकेटबाट आयो । यसबाट सांसदहरुको भावनाप्रति कुठाराघात भएको छ ।
हामीले सोधेको जिज्ञाशामा अर्थमन्त्रीले यो अवस्था असोजसम्मका लागि हो भन्नु भएको थियो । किताब पढेपछि यो योजना असोजका लागि मात्र हो । त्यसपछि फेरि अर्को किताब आउला कि झैं लागेको छ ।
गण्डकी सरकार १२, १४ २० हजार वितरणमा लागेको छ । किताब हेरें त्यस्तो त हैन कि झैं लाग्यो । फेरी हेरें रैछ । त्यसपछि दिक्का मानेर सुतें । प्रदेश त अहिले वडा कार्यालय जस्तो लागेको छ । यसरी विकासको सम्भावना छैन ।
मध्यमकालीन खर्च संरचना अनुसार ४३ अर्र्बको बजेट आउनेवाला थियो । ३४ अर्र्बको आयो । मन्त्रीको जवाफमा ३८ करोडको आउने भनिएको थियो, कोरोनाका कारण ३४ अर्बको आयो भनियो । मध्यमकालीन खर्च संरचनाको प्रक्षेपण कहिले फेरियो ? प्रस्ट जवाफ चाहियो ।
एकजना संघका पूर्वमन्त्रीले हेप्नी भन्नुभएको थियो, यहाँ ढाँट्नी भन्नुपर्ने अवस्था आएको छ । तथ्यांक फेर्न पाइँदैन, राम्रोसँग हेर्नुपर्छ । प्रतिपक्षले शालीन रुपमा सुझाव दिइन्छ । तर पालना हुँदैन ।
यहाँ कालापानी र लिम्पियाधुराको कुरा गरिरहँदा गोरखाको चुमनुब्रीस्थित रुइलाको १ सय ७० घर धुरी चाइनाले लगिसक्यो । मुस्ताङको केही भाग पनि चाइनाले लगिसक्यो । यसमा सरकारको ध्यान दिनुपर्यो । हामीले सोधेका कुराको सदनमा प्रस्ट जवाफ चाहान्छौ । योजना कार्यान्वयनका लागि ३ महिनाभित्र कार्यविधि आउनुपर्यो ।
गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार कांग्रेस सांसद दवाडीले राखेकाे विचार







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया