‘भेडालाई नि गाई देख्छौं अचम्म छ’

समाधान संवाददाता २०७७ असार ९ गते १७:१६

विष्णु लामिछाने

एक जना माननीयज्यूले कविता सुनाउनु भएको थियो संसदमा । मलाई पनि एउटा मुक्तक सुनाउन मन लाग्यो ।

भेडालाई नि गाई देख्छौं अचम्म छ
बैनीलाई नि दाइ देख्छौ अचम्म छ
पुतना कृष्णलाई मार्नै आएकी थिई
उसलाई पनि धाई देख्छौ अचम्म छ

Advertisement

वार्षिक विकास कार्यक्रम हेर्दा धेरै कुरा आएका छन् बजेटका बारेमा व्याख्या गर्न जरुरी छैन । योजना छनोट गर्दा दीगो विकास लक्ष्य, पञ्चवर्षीय योजना, आवश्यकतालाई प्राथमिकतामा राखेर गरिनुपर्ने हो मलाई लाग्छ ।

नीति कार्यक्रम र बजेट आउँदा कोभिडलक्षित बजेट आएन कि भन्ने लागेको थियो । प्रधानमन्त्रीको जुन अभिव्यक्ति आयो त्यसबाट भने मलाई फरक लागेको छ । बेसार पानी खाएर हाच्छिउँ गरेर कोरोना भगाउने भएपछि त्यो बजेट पनि बढी भयो कि भन्ने लागेको हो ।
त्यो बजेटबाट गाई पाल्ने, अदुवा उब्जाउ गर्ने, अनि आच्छिउँ के के झार हो, त्यो सुँधेर कोरोना भगाए पनि भयो ।

Advertisement

के कन्याएर के जस्तो हुन्छ । धेरै कुरा गर्दा युट्युबको प्रशारण अरु प्रदेशकाले पनि सुन्नुहुन्छ । कार्यान्वयनको पाटोमा म केही कुरा गर्न चाहिनँ । सत्ता पक्षका माननीयले नै पहुँचका आधारमा विनियोजन भयो भन्नु भएको छ । बजेट आफ्नो जिल्लामा लैजानका लागि मन्त्री नै हुनुपर्छ भन्ने अवस्था अन्त्य हुनु पर्छ । यसले सबै मन्त्री हुनपर्छ भन्ने इगो सिर्जना हुनसक्छ । यसको अन्त्य हुनुप¥यो ।

प्रदेशलाई समृद्धिमा पु¥याउने बजेट आएन । नगरी नहुने योजना छुटेका छन् । कतिपयले निरन्तरता त पाएका छन् । एउटा योजनाले मलाई गुनासो ग¥यो । के म सौताको छोरो हो र भनेर ? पिपलटार अत्रौली पक्की पुलका लागि बजेट आयो । पहिला नवलपुरमा आयो, कार्यक्रममा तनहुँतिर प¥यो, अहिले कता हरायो कुन्नि । मन्त्रीज्यूले भन्नु भएको छ त्यस्ता योजनालाई निरन्तरता दिन्छु भनेर । बजेट प्राथमिकतामा आएको छैन ।

गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार कांग्रेस सांसद लामिछानेले राखेकाे राखेकाे विचार

तपाईको प्रतिक्रिया