मुक्तिनाथ बैंकद्वारा कर्जा मिनाहा

समाधान संवाददाता २०७७ असार ९ गते १८:२०

समाधान संवाददाता, पोखरा

मुक्तिनाथ विकास बैंकले ऋण लिएका ग्राहकको मृत्यु पश्चात मृतकका आफन्तलाई कोरोना कहरमा बाँकी कर्जा मिनाहा गर्दै पहिले भुक्तानी भइसकेको साँवा ब्याज पनि फिर्ता दिएको छ ।

कार्यक्रम अन्तर्गत शाखा कार्यालय पार्वतीपुर, चितवन मार्फत लघु कर्जा लिएकी विष्णुमाया दर्जीको मृत्यु पश्चात्त उनले लिएको कर्जा मिनाहा गर्नुका साथै भुक्तानी गरेको साँवा र ब्याज फिर्ता गरिएको छ ।

Advertisement

दर्जीले बिना धितो कर्जा लिए बापतको बाँकी २२ हजार ४ सय ९९, भुक्तान भइसकेको साँवा र ब्याज २ लाख ३ हजार ४ सय ८३, काजक्रिया खर्च ५ हजार गरी २ लाख ८ हजार ४ सय ८३ रुपैयाँ उनका परिवारलाई दिइयो ।

पार्वतीपुर शाखाका प्रमुख सन्तोष तिवारी र साना तथा लघु बैंकिङ डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता र श्रीमान् बाबुराम दर्जीको रोहवरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया