यातायात स्वतन्त्र मजदुरको स्थापना दिवसमा रक्तदान, १५२ युनिट रगत संकलन

समाधान संवाददाता २०७७ असार ९ गते १९:३५

समाधान संवाददाता, पोखरा

Advertisement

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ४१ औं स्थापना दिवसको अवरमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा १ सय ५२ युनिट रगत संकलन भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलो रक्तदाता दुर्गा विश्वकर्मालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरे ।

लकडाउनका कारण सबै भन्दा असहज मजदुरहरुलाई नै भएको र अबको केही समयमा सार्वजनिक यातायात खोल्ने तयारी गरिरहेको मुख्यमन्त्री गुरुङले बताए ।

नयाँबजारस्थित प्रदर्शनी केन्द्र भित्र भौतिक दुरी कायम गर्दै कार्यक्रम आयोजना गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया