पोखरामा ७ सहित गण्डकी प्रदेशभर थपिए १०४ संक्रमीत
समाधान संवाददाता
२०७७ असार ९ गते २०:५२

समाधान संंवाददाता
गण्डकी प्रदेशमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा, भरतपुर र काठमाडौंमा गरिएको परीक्षणमा ७ जिल्लाका १ सय ४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
आज थपिनेमा पर्वतका २१, नवलपुरका ३८, कास्कीका ७, स्याङ्जाका १३, बागलुङका ६, गोरखाका १८, तनहुँका १ जनामा छन् । कास्कीका संक्रमित सातै जना पोखराका हुन् । त्यसमा ३ पुरुष र ४ महिला छन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । संक्रमितमध्ये ५५ जना निको भएका छन् भने १ को मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया