पाेखरा महानगरकाे बजेट सवा २ अर्ब घट्ने

पाेखरा
पोखरा महानगरले आर्थिक वर्ष २०७७/७८ का लागि ५ अर्ब ३२ कराेडकाे बजेट ल्याउने तयारी गरेको छ । बुधबार प्रस्तुत हुने बजेट चालु आर्थिक वर्षभन्दा २ अर्ब २२ कराेडले कम हाे । महानगरले चालु आवका लागि ७ अर्ब ५४ कराेडकाे बजेट ल्याएकाे थियाे । अघिल्लाे वर्ष महानगरले साढे ६ करोडको बजेट ल्याएको थियो ।
चालु आवमा आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेकाे महानगरले आगामी आवका लागि २ अर्ब ३४ कराेड ४२ लाख रुपैयाँ प्राप्त हुने आँकलन गरेकाे छ ।
संघ तथा प्रदेशले दिने वित्तीय समानीकरण अनुदान कटाैती नभए पनि काेरानाका कारण आन्तरिक आम्दानी कम हुने भएकाले बजेट घटाएर ल्याउन लागिएकाे महानगरले जनाएकाे छ ।
महानगरका अनुसार अबकाे बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएकाे छ । तर बजेटका हिसाबले भने भौतिक पूर्वाधार नै अगाडि छ । चालु आव र पाेहाेर सुरु भएर निर्माणका क्रममा रहेका महानगरसँग ग्रामीण भेग जोड्ने कनेक्टिङ रोडलाई यस वर्ष पनि निरन्तरता दिइने छ ।
लकडाउन पीडितलाई राहत, क्वारेन्टाइनकाे व्यवस्थापनमा चालु वर्षमै धेरै खर्च भइसकेकाे छ । याे खर्चले आगामी वर्ष पनि निरन्तरता नै पाउने छ ।
चालु आवकाे बजेटमध्ये संघीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख ८० हजार रुपैंयाँ, गण्डकी प्रदेश सरकारबाट ४७ करोड ९६ लाख ८३ हजार रुपैयाँ र आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख १७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको थियाे । नपुग हुन जाने ६८ करोड ५० लाख रुपैयाँ मध्ये वैदेशिक ऋण तथा अनुदानबाट १० करोड, जनसहभागिताबाट ३६ करोड ५० लाख र गत आर्थिक वर्षमा रहन जाने मौज्दातबाट २२ करोड रुपैंयाँ व्यहोरिने भनिएकाे थियाे ।
फाइल फाेटाे : समाधान









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया