समाजवादीका सांसद आचार्य बोल्दा सभामुखको रुलिङ

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश सभामा प्रस्तुत विनियोजना विधेयक अर्थात् वार्षिक निवकास कार्यक्रममाथि मंगलबार पनि छलफल जारी रह्यो । सोमबारबाट सुरु भएको मन्त्रालयगत छलफलमा मंगलबार १४ जना सांसदले भाग लिएका छन् ।
छलफलका क्रममा कोही सांसदले मुक्तक त कोही सांसदले उखान टुक्काले सरकारलाई व्यग्य गर्न भ्याए । सत्तापक्षकै सांसदलाई लक्षित गर्दै कांग्रेस सांसद विष्णु लामिछानेले मुक्तक नै सुनाउन भ्याए । यस पालिका बैठकमा सत्ताधारी दलकै सांसदहरुले नै विनियोजित कार्यक्रमबारे खुलेरै असन्तुष्टि पोखेका छन् ।

कार्यक्रमको सूची लामो राख्ने तर बजेट कनिका छरेजस्तै गर्ने भन्दै सांसदहरु आलोचनामा उत्रिएका छन् । मन्त्रीका जिल्लामा योजना थुप्रिँदा अन्य जिल्लाका निर्वाचन क्षेत्र पछाडि पारिएको भन्दै कार्यक्रम सच्याउन समेत माग गरिएको छ ।
जनता समाजवादीका सांसद हरिशरण आचार्यले बोलिरहँदा सभामुख नेत्रनाथ अधिकारले मंगलबार रुलिङ नै गरे । संसदलाई भाँडाकुटी खेल्ने थलोजस्तो बनाएको, मुख्यमन्त्री र अर्थमन्त्रीबीच महँगो गाडी चढ्ने होडबाजी चलेको प्रसंग उठाउँदा सभामुखले व्यक्तिगत आरोप नउत्रन भन्दै रुलिङ गरेका हुन् ।
रुलिङलगतै सांसद आचार्यले प्रसंग फेरेका थिए । मुख्यमन्त्री र अर्थमन्त्रीको नाम नकिटेको र संस्थाबाट यस्तो काम भइरहेकोप्रति सदनमा आवाज उठाउँदा रुलिङ किन गरिएको हो आफूले नबुझेको प्रतिक्रिया सांसद आचार्यले दिएका छन् । ३५ अर्बकाे बजेटमा २२ अर्बजति पुँजीगत खर्च राखिए पनि मुख्यमन्त्रीकाे क्षेत्रमा मात्र साढे २ अर्ब राखिएकाे भन्दै उनले कटाक्ष गरेका थिए ।
संसदको अर्को बैठक असार १६ गते दिउँसो १ बजे बस्ने भएको छ । व्यक्तिगत दुरी कायम गरेर बस्न संसद सचिवालयको नदीपुरस्थित बैठक कक्ष साँघुरो भएपछि पोखरा सभागृहमा संसद बैठक चलिरहेको छ । पोखरा महानगरपालिकाको बजेट अधिवेशन गर्नुपर्ने भएकाले १६ गतेसम्मका लागि संसद बैठक स्थगित भएको हो । प्रदेश सरकारले २५ लाख रुपैयाँभन्दा बढी रकम खर्चेर सभागृह मर्मत गरेको हो । आफ्नै स्वामित्वमा रहेको सभागृह मर्मतका लागि महानगरले भने लगानी गरेको छैन । महानगरले बुधबार बिहान नीति तथा कार्यक्रम र बेलुका बजेट प्रस्तुत गर्दैछ ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया