राजश्वको स्रोत बढाउनुपर्‍यो

समाधान संवाददाता २०७७ असार १० गते ६:१०

रोशन गाहामगर
नेकपा/नवलपुर

Advertisement


विषय वा प्रसंगले अर्को नलाग्ने गरी म भन्छु । नवलपुरको ४ नगरपालिकाका क्वारेन्टाइनमा रहेकाको पिसिआर समयमै हुन सकेको छैन दुखी छु । टेकुबाट नै कि भरतपुर कि बुटवल तोकिदिनु पर्‍यो कहाँ पिसिआर गर्ने भनेर । पोखरा ल्याएर परीक्षण गर्दा नवलपुरमा महिना दिनसम्म रिपोर्ट जान नसक्दा हामी दुखी छौं ।

रजहरमा स्थापना गरिएको आइसोलेसनमा सुरक्षाकर्मीका लागि चाहिने सामग्री पनि व्यवस्था गरियोस् । स्वास्थ्य मन्त्रालय र निर्देशनालयको कार्यविधि परक छ । सुधार हुनुपर्‍यो । सम्बन्धित निकायबाट विभेद गर्दा दुख लाग्छ । अब त्यस्तो नहोस ।

अब म विनियोजनामा कुरा राख्छु । हेलो मुख्यमन्त्री कार्यक्रमसहित जनताको समस्यालाई प्रदेश सरकारको प्रमुखसँग प्रत्यक्ष सम्पर्क हुन पाउने राम्रो काम हुँदै आएको छ । मुख्यमन्त्री वातावरणमैत्री कार्यक्रम पनि राम्रो छ । प्रदेशलाई विकासको गतिमा अगाडि बढाउन सकारात्मक काम भइरहेको छ ।

आर्थिक मामिलाको विषयमा कोभिडले आर्थिक अवस्था साँघुरो बनाइदिएको छ । विपद राहत कोष बढाउनु पर्ने, राजश्वको स्रोत बढाउनुपर्ने, पालिकाहरुमा दहत्तर बहत्तरको ठेक्का लाग्न सकेको छैन । यसको वातावरण बनाउन जरुरी छ ।

Advertisement

पहुँचका आधारमा बजेट विनियोजन हुनु भएन, प्राथमिकतामा आधारमा हुनुपर्छ । संघीयतामा हामी निर्वाचित भए पनि समानुपातिक भए पनि धेरथोर निर्वाचन क्षेत्रमा रकम परेको छ । संघीयता नआएको भए बाटोको लागि ५ थरी फाइल लिएर सिंहदरबार धाउनुपथ्र्यो । अहिले त्यो अवस्था अन्त्य भएको छ । हामी यो मानेमा खुसी छौं ।

गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार गाहामगरले राखेकाे विचार

तपाईको प्रतिक्रिया