वडाले प्रदेशका बजेट देख्नै पाएनन्

समाधान संवाददाता २०७७ असार १० गते ६:१४

खीमविक्रम शाही
बागलुङ/राजमो

दुर्गम जिल्लाका दुर्गम बस्तीलाई बजेटले प्राथमिता दिनुपर्छ भनेका थिएँ । बजेट त केन्द्रमुखी, सहरमुखी बजारमुखी भयो । जिल्लाको पनि सदरमुकामुखी, पालिकाको पनि केन्द्रमुखी भएको पाएँ । पालिकाका दुर्गम बस्तीमा बजेट पुग्न सकेन । बागलुङको दुर्गम क्षेत्र २ खमा बजेट पुग्न पाएन । आफ्नो वडामा पुग्न जनतालाई सास्ती छ । मुख्य बाटोबाट ट्रयाक खुलेको छैन, कच्ची बाटो नदेख्ने गाउँ पनि पालिकामा छन् ।

कार्यक्रम परे पनि ठेकेदारले मनपरी गरेका छन् । जनताले कर तिरेका छन् । ती कर तिर्ने जनतालाई ठेकेदारले दुख दिएका छन् । काम अधुरा छन् । सरकारको ध्यान जान जरुरी छ । नयाँ कार्यक्रम पनि सुरु भएका छन् । पुरानाले पनि निरन्तरता पाएका छन् ।

Advertisement

काल्नेखेत, झिम्पा, ढोरपाटनमा पहिलो बजेटबाट काम भयो, दोस्रो र तेस्रो बजेटमा कार्यक्रम परेन । गतवर्षका ६५ लाखे कार्यक्रम पनि परेनन् । हुन त थप गर्ने समय छ । भुलेको पनि हुनसक्छ । गत वर्ष छुट्याइएको कार्यक्रम सुरु भएको छैन । रकम फ्रिज भयो । यसको जस अपसज सरकारले लिने होला ।

जनता आवास कार्यक्रममा अति गरिब, अरुको घरमा बसेका जग्गा नभएकालाई समावेश गर्न सकिने भए समावेश गरौं, हैन भने उनीहरुलाई कसरी समेट्ने हो समेट्नुपर्छ ।

Advertisement

अहिलेसम्म प्रदेश र संघको कार्यक्रम नपरेका वडा पनि छन् । निसिखोलाको ६, ढोरपाटनको ४ नम्बर वडामा खानेपानीको समस्या छ । मैले लेखेर दिएको पनि छु । आशा छ योजना पर्ने छन् ।

गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार सांसद मल्लले राखेकाे विचार

तपाईको प्रतिक्रिया