पाेखरासहित गण्डकीमा थपिए ३२ संक्रमित, प्रदेशभर ७२९

समाधान संवाददाता २०७७ असार १० गते ६:३१

पाेखरा

Advertisement

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणकाे नतिजा अनुसार बुधबार बिहान प्रदेशका कास्कीसहित ८ जिल्लामा ३२ जनामा काेराेना पुष्टि भएकाे छ ।

पछिल्लाे विवरण अनुसार लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गाेरखा, तनहुँ र १/१ जनामा काेराेना पुष्टि भएकाे छ । बागलुङमा ९, नवलपुरमा थप ३ जनामा काेराेना पुष्टि भएकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

लमजुङकाे मध्यनेपाल नगरपालिकाका ४ पुरुष, बेसिसहर नपाका १ महिला, पर्वतकाे कुस्माका १ महिला, स्याङ्जाकाे आँधिखाेला र अर्जुन चाैपारी गापामा १/१ पुरुष, बालिङमा ३० महिने बालिकासहित २४ वर्षे १ महिला र ३ पुरुषमा काेराेना पुष्टि भएकाे हाे ।

कास्कीकाे पाेखरा महानगरका १ पुरुष र २ महिला, मादी गाउँपालिकामा १ पुरुष र १ महिलामा काेराेना देखिएकाे हाे ।

Advertisement

गाेरखाकाे गण्डकी गाउँपालिकाका १ पुरुष, बागलुङकाे बरेङ गाउँपालिकामा ८ र
जैमिनी गाउँपालिकामा १ जनामा काेराेना पुष्टि भएकाे छ ।

तनहुँकाे देवघाट गाउँपालिकाका १ पुरुष, नवलपुरकाे गैंडाकाेट नपाका ३ महिलामा समेत काेराेना देखिएकाे छ ।

पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।


तपाईको प्रतिक्रिया