अधुरा योजनालाई निरन्तरता

जुनादेवी नेपाली
पर्वत/ नेकपा
कोभिड १९ र लकडाउनबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउन यो बजेटले महत्वपूर्ण भूमिका खेल्ने छ । प्रदेशमा नागरिकमैत्री सुशासन, सबल अर्थतन्त्र बनाउन समय सापेक्ष प्रविधिमैत्री बनाउन यो बजेटले सहयोग गर्ने छ । माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएको लक्ष्य प्राप्तिमा हामी माननीय र आम नागरिक लागि पर्नु हुनेछ ।
विनियोजनमा धेरै राम्रा पक्ष हुँदा हुँदै पनि सडकमा गत वर्ष सञ्चालित योजना अधुरा छन् । तिनलाई निरन्तरता दिनसके राम्रो हुन्छ । युवा, महिला, दलित वा अन्य समुदायका भवनका लागि रकम माग हुँदै आएको छ । यसमा सरकारले ध्यान पु¥याउनुपर्छ । नयाँ घर बनेका ठाउँमा विद्युत लाइनको माग हुँदै आएको छ । विगतमा सुरु भएका योजना छिटो सक्नुपर्ने छ ।
विश्वमै जलसम्पदामा दोस्रो धनी हाम्रो मुलुकमा खेर गएको पानी सदुपयोग गर्न सकिएको छैन । जलविद्युतका योजनामा ध्यान दिनुप¥यो । सिँचाइको सुविधा पु¥याउन आवश्यक छ । भाैतिक मन्त्रालयमार्फत पूर्वाधार विकास कार्यक्रम ल्याएर हामी माननीय हुँ भनेर गाउँ जान योग्य बनाएकोप्रति सरकारलाई धन्यवाद ।
गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार सांसद नेपालीले राखेकाे विचार








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया