अधुरा योजनालाई निरन्तरता

समाधान संवाददाता २०७७ असार १० गते ६:५५

जुनादेवी नेपाली
पर्वत/ नेकपा


कोभिड १९ र लकडाउनबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउन यो बजेटले महत्वपूर्ण भूमिका खेल्ने छ । प्रदेशमा नागरिकमैत्री सुशासन, सबल अर्थतन्त्र बनाउन समय सापेक्ष प्रविधिमैत्री बनाउन यो बजेटले सहयोग गर्ने छ । माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएको लक्ष्य प्राप्तिमा हामी माननीय र आम नागरिक लागि पर्नु हुनेछ ।

विनियोजनमा धेरै राम्रा पक्ष हुँदा हुँदै पनि सडकमा गत वर्ष सञ्चालित योजना अधुरा छन् । तिनलाई निरन्तरता दिनसके राम्रो हुन्छ । युवा, महिला, दलित वा अन्य समुदायका भवनका लागि रकम माग हुँदै आएको छ । यसमा सरकारले ध्यान पु¥याउनुपर्छ । नयाँ घर बनेका ठाउँमा विद्युत लाइनको माग हुँदै आएको छ । विगतमा सुरु भएका योजना छिटो सक्नुपर्ने छ ।

Advertisement

विश्वमै जलसम्पदामा दोस्रो धनी हाम्रो मुलुकमा खेर गएको पानी सदुपयोग गर्न सकिएको छैन । जलविद्युतका योजनामा ध्यान दिनुप¥यो । सिँचाइको सुविधा पु¥याउन आवश्यक छ । भाैतिक मन्त्रालयमार्फत पूर्वाधार विकास कार्यक्रम ल्याएर हामी माननीय हुँ भनेर गाउँ जान योग्य बनाएकोप्रति सरकारलाई धन्यवाद ।

गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार सांसद नेपालीले राखेकाे विचार

Advertisement

तपाईको प्रतिक्रिया