नेकपा स्थायी कमिटी बैठक सुरू, यस्ता छन् एजेन्डा

समाधान संवाददाता २०७७ असार १० गते १२:१६

समाधान संवाददाता, पोखरा

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

कमिटीको बैठक सुरु हुनासाथै वर्तमान परिस्थिती र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्ने सूचि तय भएको छ ।

Advertisement

बैठकमा सरकारको कामका सम्बन्धमा छलफल हुने जनाइएको छ । कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सिमा समस्या र समाधान सम्बन्धमा लगायत अन्य विषयमा छलफल हुने सूचि छ ।

पार्टी एकताका बाँकी काम, एमसिसी परियोजना लगयातका एजेन्डामा छलफल हुँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया