पोखरामा अझै ६३०० घरमा खानेपानीको धारा छैन, आगामी वर्ष सबै घरमा पुर्याइने

पोखरा महानगर पाकिाका प्रमुख मानबहादुर जिसीले पोखरा सभागृहमा महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन । उनले प्रस्तुत गर्दै गरेको नीति तथा कार्यक्रममा खानेपानी तर्फ निम्म बमोजिमको नीति प्रस्तुत गरिएको छ ।
पोखरा महानगरपालिका अन्र्तगत साविक लेखनाथबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन चालू आर्थिक वर्षमा लेखनाथ साना सहरी खानेपानी आयोजनाको नरशपुर, थुमाकोडाँडा, आरुपाटामा खानेपानीको ट्यांकी निर्माण कार्य सम्पन्न भएको छ । खानेपानीको लाइन समेत विस्तार गरी घर घरमा धारा जोड्ने र्काय भइरहेको छ । पोखरा २१ मा र ३३ सहलगानी खानेपानी आयोजना अगाडि बढाइएको छ । बेगनास सहलगानी खानेपानी आयोजना, लामागाउँ खानेपानी आयोजना अगाडि बढाइएको छ ।
पोखरा महानगरपालिको बजार क्षेत्रमा प्रत्येक घर घरमा शुद्ध पानी वितरण गर्ने उद्देश्यका साथ संचालित ७ अर्ब रुपैयाको व्क्ष्ऋब् खानेपानी परियोजनाको काम अगाडि बढिरहेको छ । आरटियो रोड खानेपानी योजना, काहुँ खानेपानी योजना, सराङकोट खानेपानी योजना साथै वडा नम्बर २८,२४,३३,२१ र २५मा खानेपानी योजनाहरु संचालन भइरहेका छन् । महानगर भित्र ६ हजार ३ सय घरधुरीमा खानेपानीको समस्या रहेकाले आर्थिक वर्ष ७७÷७८ मा महानगर भित्रका सम्पूर्ण घरहरुमा १ घर एक धाराको व्यवस्था गरी पूर्ण खानेपानीको सुविधायुक्त सहर घोषणा गरिने छ ।








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया