बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका तस्बिरहरु

समाधान संवाददाता २०७७ असार १० गते १२:३२

समाधान संवाददाता, पोखरा

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सचिवालय सदस्यहरु माथिल्लो ड्यासमा बसेका छन् । बाँकी स्थायी कमिटी सदस्यहरुलाई दुरी कायम गर्दै तल्लो ड्यासमा राखिएको छ ।

Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार बिहान ११ बजेदेखि बैठक जारी छ ।

बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयले धारणा राख्दैछन्। बैठकमा सरकारका कामबारे पनि समीक्षा हुनेछ।

Advertisement

सीमा समस्या र समाधानबारे पनि छलफलका एजेन्डा राखिएका छन्।

पार्टी एकता र बाँकी कामहरू, एमसिसी परियोजनालगायत एजेन्डामा छलफल हुने सूचि तय भएको छ ।

तपाईको प्रतिक्रिया