पोखरा बहुमुखी क्याम्पसको नयाँ भवन शिलान्यास
समाधान संवाददाता
२०७७ असार १० गते १३:००

समाधान संवाददाता
पोखरा बहुमुखी क्याम्पसको नयाँ भवन शिलान्यास गरिएको छ । पोखरा महानगर पालिकाका नगर प्रमुख मानबहादुर जिसीले बुधबार एक कार्यक्रमकाबीच भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
करिब ६ करोड ५० लाख रुपैयाको लागतमा निर्माण कार्य सम्पन्न हुने सो भबनको क्षेत्रफल २१ हजार बर्ग फिट रहनेछ । क्याम्पसका उपप्राध्यापक महेन्द्र रिमालका अनुसार सो भवन ३६ कोठे हुनेछ ।
सो भवन निर्माणका लागि क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले ५० लाख रुपैया चन्दा दिएका छन् । त्यस्तै कर्मचारी अन्तिम पौडेलले रु ५५ हजार ५५५ ,क्याप्टेन पृथ्वि बहादुर गुरुङले एक लाख पाँच रुपैया० समाजसेवी प्रकाश पहारीले पचास हजार र विश्वरत्न र बुलु शाक्यले ४७ हजार रुपैया दान गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया