चिप्लेढुंगा–सिद्धार्थचोकका व्यवसायीले मागे घर वहालमा छुट

समाधान संवाददाता २०७७ असार १० गते १५:०७

समाधान संवाददाता
पोखरा

Advertisement

चिप्लेढुंगा–सिद्धार्थचोक व्यवसायी समिति पोखराले घर बहालमा विशेष छुट दिन घरधनीहरुसँग आग्रह गरेको छ ।

विषम परिस्थितिमा पोखरा महानगरपालिकाको वडा नम्बर ४, ८ र र ९ मा चिप्लेढु‌ंगादेखि सिद्धार्थचोकसम्म करिब १ सय ४० व्यापारीलाई घरभाडामा छुट दिएर व्यवसायीको मनोबल उच्च राख्न र हौसला प्रदान गर्न व्यवसायीले अपिल मार्फत् आग्रह गरेका छन् ।


महामारीका कारण सिर्जना भएको समस्या र लक डाउनका कारण व्यवसायमा प्रत्यक्ष असर परेकाले घरभाडामा छुट दिन आग्रह गरिएको समिति अध्यक्ष डिबी भुजेलले जानकारी दिए ।

घरधनी र व्यवसायीको बीचमा एकता कायम गर्न पनि यसले सहयोग पुग्ने समितिका सचिव मोती भुजेलले बताए । समितिको असार ८ गतेको पूर्ण भेलाले यो अपिलको निर्णय गरेको कोषाध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया