मुस्ताङको सीमा क्षेत्रमा सशस्त्रको गस्ती

समाधान संवाददाता २०७७ असार १० गते १५:३१
sf]/nfdf u:tL ub}{ ;z:q k|x/L l7gL -d':tfª_, !& h]7 M lxdfnL lhNnf d':tfªsf] sf]/nf gfsfsf] $%)) ld6/sf] prfO{df u:tL ub}}{ ;z:q k|x/Lsf hjfg . laxLaf/ g]kfn ;/sf/n] nf]dfgyfª–! g]r'ªdf k|x/L lg/LIfssf] g]t[Tjdf @) hgf k|x/L ;Ldf lgu/fgL rf}sL -lacf]kL_ :yfkgf u/]sf] 5 . t:jL/ M lg/h ysfnL÷/f;;

एसके थकाली
जोमसोम

Advertisement

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरला नाका लगायतका स्थानमा सशस्त्र प्रहरी युनिटले नियमित गस्तीलाई तिब्रता दिएको छ ।

सरकारले सीमित स्रोत साधनका बाबजुद गत जेठ १५ गते मुस्ताङको लोमान्थाङ—१ नेचुङमा सशस्त्र बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरेको हो । अहिले त्यहाँ सीमा सुरक्षाका लागि खटिएका करिब २५ जना सशस्त्र प्रहरी जवानले सीमाक्षेत्र गस्ती गर्ने कार्यलाई अघि बढाएका हुन् ।

सशस्त्र बलको टोलीले कोरला नाकामा खटिएका चिनिया सुरक्षा अधिकारीको द्विपक्षीय समन्वयमा हतियासहित गस्ती गर्ने कामलाई अघि बढाएको नेचुङस्थित बिओपीका कमान्डर सशस्त्र प्रहरी निरीक्षक डम्बरबहादुर श्रेष्ठले जानकारी दिए ।

बिओपी स्थापनाको १ महिना पुग्नलाग्दा ५ वटा पिल्लरको अनुगमन भएको उनले बताए । उनले डोल्पातर्फको क्षेत्रमा सीमाना जोडिएको २०, २१, २२, २३ र मुस्ताङतर्फको २४ नम्बर पिल्लर गरी कुल ५ वटा जंगे पिल्लरको अनुगमन भइसकेको जानकारी दिए । उनले अब छिट्टै डोल्पातर्फ बाँकी रहेको १८ र १९ र मनाङतर्फको २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र ३३ नम्बर पिल्लरको अनुगमन तथा निरीक्षण गर्ने योजना रहेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

Advertisement

समुद्री सतहदेखि करिब ५ हजार मिटर अग्लो उचाइमा अवस्थित उत्तरी कोरालानाकाको सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलको उपस्थितिले विगतमा हुने अवैध गतिविधि तथा तस्करी रोकथाममा टेवा पुगेको जनाइएको छ । उत्तरी चिनको कोरलापाससँग सीमा जोडिएको डोल्पातर्फ ६ वटा र मनाङतर्फ ९ वटा पिल्लर छन् । २४ नम्बर पिल्लर भने नेपाल—चीनको मुख्य आधार प्वाइन्टको पिल्लर मानिएको छ । यी १६ वटै पिल्लर मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकासँग जोडिएको छ । चीनपक्षसँग समन्वय गर्दै सबै पिल्लरको गस्ती गरिने निरीक्षक श्रेष्ठले जानकारी दिए ।


सुख्खा पठार क्षेत्र, कठिन र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण कोरला क्षेत्रमा पैदलै गस्ती गर्नु पर्ने वाध्यता रहेको श्रेष्ठले उल्लेख गरे । यसअघि मुस्ताङको उत्तरी कोरला नाकामा पर्ने १६ वटै पिल्लरको सरकारी तबरबाट अनुगमन तथा निरीक्षण गर्ने योजना रहे पनि विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड—१९) का कारण स्थगित भएको थियो ।


मुस्ताङको उत्तरी सीमा रक्षाका लागि सरकारले नेचुङस्थित भन्सार कार्यालयको नवनिर्मित भवनमा सशस्त्र क्याम्प खडा गरेको छ । त्यहाँ इलाका प्रहरी कार्यालयको टोली समेत बसेको छ । नेचुङमा सशस्त्रको क्याम्प स्थापना गर्न त्यसको नजिकै थुम्कोमा ३३ रोपनी जग्गा प्राप्त भइसकेको छ । बिओपी स्थापनाका क्रममा सशस्त्रका एआइजी नारायणबाबु थापाले छिट्टै सशस्त्र क्याम्पको सम्पूर्ण पूर्वाधार निर्माण लगायतका काम सुरु हुने बताएका थिए ।


लोमान्थाङ—१ को उत्तरी कोरलानाकाको १० गजा यता भन्सार ,अध्यागमन तथा सुरक्षा पूर्वाधार निर्माणका लागि मुख्य सडकको दायाबाया १ हजार रोपनी जग्गा भन्सारका नाममा लालपूर्जा प्राप्त भइसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए । नेचुङमा रहेको सशस्त्र प्रहरीको बिओपी क्याम्पदेखि यता २० किमी फेरो लुङ्खुफाँटमा नेपाली सेनाको टोलीले बसेको छ । त्यहा सशस्त्रको व्याकअफमा नेपाली सेनालाई खटाइएको हो ।

तस्बिर ः निरज थकाली

तपाईको प्रतिक्रिया