थप ६२९ जनामा कोरोना, संक्रमित १० हजार ७२८ पुगे
समाधान संवाददाता
२०७७ असार १० गते १६:४०

समाधान संवाददाता
नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज १ सय १० महिला र ५ सय १९ पुरुषमा संक्रमण देखिएको जानकारी दिए।
यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या १० हजार ७ सय २८ पुगेको छ। हालसम्म रसुवाबाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ।
बुधबार विभिन्न अस्पताल १ सय १४ जना संक्रमित निको भएर डिस्चार्ज भएको डा।गौतमले जानकारी दिए। अहिलेसम्म २ हजार ३ सय ३८ संक्रमण मुक्त भएर घर फकिएका छन्। जसमध्ये १ सय ९७ जना महिला र २ हजार १ सय ४१ जना पुरुष रहेका छन।
नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया