पाेखराकाे बजेट ६ अर्ब २० कराेड

समाधान संवाददाता २०७७ असार १० गते १७:१०

पाेखरा

पाेखरा महानगरपालिकाले आगामी वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँकाे बजेट ल्याएकाे छ ।

Advertisement

उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार उक्त बजेट प्रस्तुत गरेकी हुन् । महानगरले चालु आवका लागि ७ अर्ब ५४ करोड रुपैयाँकाे बजेट ल्याएकाे थियाे

आगामी आवकाे बजेटमध्ये स‌ंघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान रहेको छ भने अन्तर सरकारी अख्तियार बाट ८५ करोड प्राप्त हुने महानगरकाे अनुमान छ ।

Advertisement

राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान रहेको छ ।

आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका लागि चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा अनुमानित रकम ७ अर्ब ५४ लाख रुपैंयाँ आय प्रक्षेपण गरिएको थियो । जसमध्येः संघीय सरकार अनुदानबाट २ अर्ब २ करोड ४३ लाख २४ हजार, प्रदेश सरकारको अनुदानबाट ५ करोड १४ लाख ४४ हजार अनुमान गरिएको थियो ।

राजस्व बाँडफाँड अन्तर्गत संघीय सरकारबाट ४१ करोड ९९ लाख र प्रदेश सरकारबाट ३ करोड ८२ लाख, आन्तरिक आय २ अर्ब ७४ करोड २९ लाख १७ हजार, ऋणबाट १० करोड, जनसहभागिता १२ करोड २५ लाख, नगद मौज्दात २२ करोड, सडक बोर्ड २ करोड ५० लाख, अन्तर सरकारी अख्तियारी १ अर्ब २६ करोड २५ लाख अनुमान गरिएको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा व्ययतर्फ सञ्चित कोषबाट ५ अर्ब ७१ करोड ७९ लाख अनुमान गरिएकोमा संघीय सरकारबाट थप सशर्त अनुदान प्राप्त भई सञ्चित अनुमान ६ अर्ब ३८ लाख भएको छ । कार्य सञ्चालन कोषबाट व्यय रुः १ अर्ब २८ करोड ७५ लाख अनुमान गरिएकोमा आर्थिक वर्ष २०७६÷७७ को जेठ मसान्तसम्म ३ अर्ब ३१ करोड २० लाख सञ्चित कोषमा रकम आम्दानी भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को जेठ मसान्तसम्म चालू खर्चतर्फ १ अर्ब ३६ करोड २० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब १० करोड ८३ लाख खर्च भई चालुतर्फ ५४ दशमलव ५ र पुँजीगत तर्फ ३१ दशमलव ५ प्रतिशत खर्च भई कुल वित्तीय प्रगति ४१ प्रतिशत भएको छ । असार मसान्तसम्म ६० प्रतिशत कार्य प्रगति हुने अनुमान गरिएको छ ।

आयतर्फ हालसम्म ३ अर्ब ३१ करोड २० लाख आम्दानी भई अनुमानको ५५ प्रतिशत लक्ष्य हासिल भएको छ । कोरोना भाइसर कोभिड १९ ले पारेको प्रभावले आम्दानी र खर्च प्रगति कम भएको हाे ।

तपाईको प्रतिक्रिया