घरभाडा छुट गर्ने घरबेटीलाई सम्मान

सुशील सुवेदी
वालिङ
पछिल्लो समय दैनिक ज्याला मजदुरी गर्ने र घर भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीहरु लकडाउनको कारण मारमा परेका छन् । यिनै व्यवसायीलाई संरक्षण गर्ने उदेश्यले वालिङ उद्योग वाणिज्य संघले विभिन्न अभियान शुरु गरेको छ । कोभिड १९ महामारी तथा बन्दाबन्दीको समयमा घर भाडा छुट एवं सहुलियत प्रदान गर्ने १७ घरधनीलाई सम्मान गरिएको छ ।
नेपाल सरकारले आह्वान गरेको घरभाडा छुटलाई कार्यान्वयन गर्दै व्यापारीलाइ दबाब नभइ रहात दिएको घरधनी पदमबहादुर खत्रीको भनाइ छ । उनी भन्छन्, ‘दैनिक ज्याला मजदुरी गर्ने र व्यवसाय गर्ने ६ जनाको परिवारलाई २० हजार बराबरको छुट दिएको छु ।’
यो छु्ट कुनै बाध्यता नभइ स्वेच्छिक आह्वान गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभकान्त पौडेलले बताए । १ हजार ८ सयजना व्यवसायी आबद्ध रहेको निजी क्षेत्रको संस्था वालिङ उद्योग वाणिज्य संघले बैक तथा वित्तीय संस्थाबाट कर्जा लिएका व्यवसायीलाई लकडाउन समयमा कर्जा तथा किस्ता रकमलाई कडाइ नगर्न समेत अनुरोध गरेको पौडेलले बताए । उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा व्यवसायीले कर्जा तिर्ने अवस्था छैन ।
लकडाउनको अवधि थप गरेर कर्जा बुझाउने म्याद राख्ने र फोन मार्फत अनावश्यक झन्झट नदिन समेत बैक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ ।’
यसैगरी प्रदेश नं ५ र गण्डकी प्रदेशको सिमानामा पर्ने राम्दी पुलको भार श्रमता बढाउन समेत सरोकारवालाले माग गरेका छन् । पुल कमजोर भएको कारण १० टन भन्दा बढी खाद्यान्न बोक्न नपाइने भएपछि खाद्यान्न मूल्य चर्को हुने गरेको पौडेलले बताए । ‘यही समस्या अन्तय गर्न हामीले जिल्ला प्रशासन र नेपाल उद्योग बाणिज्य संघ मार्फत नेपाल सरकारलाइ विज्ञप्ति पठाएका छौं,’ पौडेलले भने ।
निजी क्षेत्रलाई नियान गर्ने निकाय साना तथा घरेलु उद्योग, खाद्य तथा गुणस्तर विभाग, गुण नियन्त्रण कार्यालय हुँदाहुँदै अख्तियार दुरुपयोग आनुसन्धान आयोग समेत थप्न खोजिएकोप्रति संघले आपत्ति जनाएको छ ।
सरकारले समृद्धिको आधारमा ३ खम्बे अर्थनीति अन्तर्गत निजी, सहकारी र सरकारी क्षेत्रलाई अबलम्बन गर्ने भनेको भए पनि निजी क्षेत्रलाई उकास्ने खालको कार्यक्रम ल्याउन व्यवसायीहरुले सुझाएका छन् ।









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया