गण्डकीमा संक्रमित ७५३ पुगे, आज बिहान थपिए ४ जिल्लामा ११ जना

समाधान संवाददाता २०७७ असार ११ गते ६:२७

पाेखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ |

प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा गरिएको परिक्षणमा बिहीबार बिहान ४ जिल्लामा ११ जना संक्रमित थपिएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

Advertisement

म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा काेराेना पुष्टि भएकाे हाे ।

नवलपुरका संक्रमितलाई आइसोलेसनमा राखिसकिएको र अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

Advertisement

म्याग्दीकाे मंगला गाउपालिकाका ४ पुरुष, बेनी नगरपालिकाका १ पुरुष र १ महिलामा काेराेना देखिएककाे छ । यसैगरी स्याङ्जाकाे कालीगण्डकी गापाका १ पुरुष, बागलुङकाे गलकाेट नगरपालिकाका २ पुरुष र नवलपुरकाे मध्यविन्दु नगरपालिकाका १ पुरुषामा बिहीबार बिहान काेराेना पुष्टि भएकाे हाे ।

हालसम्म नवलपुरमा १ सय ८३, बागलुङमा १ सय ४२, स्याङ्जामा १ सय ३५, तनहुँमा ९१, पर्वतमा ६८, गाेरखामा ७२, कास्कीमा ३४, म्याग्दीमा १४, लमजुङमा ११, मनाङ र मुस्ताङमा १/१ जनामाे काेराेना संक्रमण पुष्टि भएकाे छ ।

हालसम्म ४ महिला र ८७ पुरुष गरी ९१ जना निकाे भएर घर पर्केका छन् ।

गण्डकीमा काेराेनाका कारण २ जनाकाे मृत्यु भइसकेकाे छ । मृत्यु हुने दुवैजना स्याङ्जाका हुन् । वालिङका ५८ वर्षे पुरुष र सिरुबारीका ५५ वर्षे पुरुषकाे काेराेनाबाट निधन भएकाे हाे ।

तपाईको प्रतिक्रिया