पाेखरामा काेराेनाबाट थप १ जनाकाे मृत्यु
समाधान संवाददाता
२०७७ असार ११ गते ६:४३
पाेखरा
काेराेना भाइरसका कारण गण्डकीमा थप १ जनाकाे मृत्यु भएकाे छ ।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे आइसियूमा उपचाररत उपचाररत स्याङ्जाकाे सिरुबारीका ५५ वर्षीय पुरुषकाे बुधबार राति ११:३५ मा निधन भएकाे हाे ।
असार ८ गते अस्पतालमा भर्ना भएका उनी काेभिड १९, निमाेनिया र डायबेटिजबाट ग्रस्त रहेकाे अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जनाएका छन् ।
यसअघि काेराेनाबाट स्याङ्जाकाे वालिङका ५८ वर्षे पुरुषकाे निधन भइसकेकाे छ ।
प्रदेशभर बिहीबार बिहानसम्म ७ सय ५३ जनामा काेराेना पुष्टि भएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया