क्षेत्रीय अस्पतालको इमर्जेन्सी बाहेकका सेवा आज बन्द

समाधान संवाददाता २०७७ असार ११ गते ८:४२

समाधान संवाददाता

Advertisement

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवा बन्द भएको छ । कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका ५५ वर्षे पुरुषको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

शुक्रबारबाट सबै सेवा नियमित सञ्चालन हुने उनले बताए ।उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती मृत्यु भएको हो ।

Advertisement

डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि स्याङ्जा वालिङ ३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।

Advertisement

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । आज बिहान ४ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ सय ५३ पुगेको हो । संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया