कोरोनाबाट मृत्यु भएका स्याङ्जाका पुरुषको ट्राभल हिस्ट्री छैन

समाधान संवाददाता २०७७ असार ११ गते १०:०१

अनुप पौडेल, पोखरा

Advertisement

कोरोनाबाट मृत्यु भएका स्याङ्जा सिरुवारीका पुरुषको कुनै ट्राभल हिस्ट्री नभएको खुलेको छ । मृतकले आँधीखोला गाउँपालिकाको पञ्चमुलमा किराना पसल गर्दै आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

आँधीखोला गाउँपालिकामा व्यवसाय गरे पनि उनको घर भने अर्जुनौपारी गाउँपालिका हो । अन्तिम संस्कारमा सहभागि हुन चाहने आफन्तलाई पोखरा पठाउने तयारी भइरहेको उनले बताए ।

Advertisement

बुधबार मध्यराति मृत्यु भएका पुरुष ६ असारमा श्वासप्रश्वासमा समस्या भएपछि भोलिपल्ट स्थानीय पञ्चमुल स्वास्थ्य केन्द्र पुगेका थिए ।

‘उहाँको कुनै ट्राभल हिस्ट्री रहिन्छ । व्यवसाय गर्ने भएकाले त्यहीँ आउनेबाट स¥यो कि भन्ने अनुमान गरेका छौं । सम्पर्कमा हुनुभएका ३५ देखि ४० जनाको लिस्ट आएको छ,’ जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले भने ।

Advertisement

जिल्लामा आइसियू र भेन्टिलेटरको नभएपछि उनलाई उपचारका लागि पोखरा ल्याइएको थियो । ‘स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले केस जटिल देख्नुभयो । त्यसपछि पोखरा पठाइयो । उतै स्वाब लिँदा अस्ति पोजेटिभ देखिएछ,’ प्रमुख शर्माले भने ।

संक्रमित पुरुष कोरोना पुष्टि भएदेखि भेन्टिलेटरमा रहेकाले उनको टे«सिङमा समस्या भएको शर्माले बताए ।

परिवार र आफन्तको आजै स्वाब लिइने उनले जानकारी दिए । ‘भेन्टिलेटरमा रहेकाले सोधपुछ गर्नसक्ने अवस्था भएन । आफन्तीसँग बुझ्दा श्राद्ध र भोजमा गएको पत्ता लागेको छ,’ प्रमुख शर्माले भने ।

डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि स्याङ्जा वालिङ ३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । आज बिहान ४ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ सय ५३ पुगेको हो । संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया