योजनाको जस लिन होडबाजी नगरौं : सांसद थापा (याेजनासहित)

समाधान संवाददाता २०७७ असार ११ गते १२:१९

समाधान संवाददाता
पोखरा

Advertisement

नेपाली कांग्रेसबाट कास्की प्रदेश सभा निर्वाचन क्षेत्र २(ख) बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य विन्दुकुमार थापा र कुमार खड्काको पहलमा उक्त क्षेत्रमा परेका योजनाको श्रेय लिने होडबाजी अरु कसैले गरेकाे भन्दै सांसद बिन्दुकुमार थापाले आपत्ति जनाएका छन् ।

दुबैजनाको संयुक्त र एकल प्रयासमा चालु र आगामी आवका लागि परेका योजना कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको उनले विज्ञप्तिमार्फत जनाएका हुन् ।

Advertisement

सामाजिक सञ्जालमा कोही जनप्रतिनिधिले अमूर्त भाषा प्रयोग गर्दै कतिपय कार्यक्रम आफूले पारेको भन्ने भ्रम छर्ने अराजनीतिक प्रयत्न गरेको देख्दा आश्चर्य लागेको उनले जनाएका छन् । उनले भनेका छन्, ‘यस्तो कमजोर राजनीतिक संस्कार र अनैतिकताले जनप्रतिनिधि मात्र होइन सदनको गरिमा समेत घटाएको छ ।’

यस्तो किसिमको झुठा र सस्तो प्रचारबाजी, भ्रमबाट बच्न यस क्षेत्रका सम्पूर्ण मतदाता, नागरिकहरुलाई उनले अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘विषयमा कसैलाई भ्रम वा शंका भए मन्त्रालयमा नै लगेर सत्यता प्रमाणित समेत गर्नेछु ।’

Advertisement

योजनाहरु
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयः
१) पोखराको सेती नदी किनारमा शान्ति वन वाटिकाको विकास, १० लाख
२) गोल्र्याङ झुप्राङबोट पर्यटन कार्यक्रम, पोखरा १६, ५ लाख
३) नव आदर्श हरियाली उद्यान, पोखरा १६, ५ लाख
४) ऐतिहासिक ठूलीपोखरीमा हरित उद्यान निर्माण लामाचौर, १५ लाख
५) सिमलेश्वर बस्ती संरक्षण कार्यक्रम, पोखरा २०, भलाम, ५ लाख
६) ढिकिडाँडा भू–संरक्षणमैत्री पैदलमार्ग निर्माण, पोखरा १६, ५ लाख
७) बुद्ध मण्डला पर्यटकीय गन्तव्य विकास, काहुँडाँडा, ५ लाख
८) जुम्लेटीडाँडा कालीखोला हरिहर आश्रम पदमार्ग

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयः
१) मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन, पोखरा १६
२) मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषि गाउँका कृषकहरुलाई सीपमूलक तालिम, पोखरा १६, ४ लाख २५ हजार
३) साना सिँचाइ आयोजना संख्या–३ (स्थान पछि चयन हुने)
४) नमुना कृषि गाउँ कार्यक्रममा सिचाई, पोखरा १६

भाौतिक पूर्वाधार विकास मन्त्रालयः
क) सडक र भवनः
१) अमरदिप बहुउद्देश्यीय भवन निर्माण, पोखरा १६ (निरन्तरता), रु. २५ लाख
२) शान्ति मार्ग पक्की सडक निर्माण, पोखरा ९ (निरन्तरता), रु. ५० लाख
३) नारायण थान पुल भलाम खोला पुल चण्डिपाटन देउराली हरिहर गुफा हुँदै डाडाँगाऊ कुर गाउँ अर्मला सडक, (प्रदेश गौरव सडक) रु. ५ करोड
४) तुम्के घुरकुना दाद्रे र्याले सडक, पोखरा १६, रु. ५० लाख
५) वानिया पथ लामाचौर सडक, पोखरा १६, रु. ५० लाख (निरन्तरता) यस वर्ष रु. १० लाख
६) नयाँबजार शीतलमार्ग पक्की सडक, पोखरा ८, रु. ५० लाख
७) खोर मार्ग, पोखरा १६ (यस आ.व.मा सम्पन्न हुने) रु. २० लाख
८) डाँडाथोक तल्लार मार्ग, पोखरा १६, (यस आ.व.मा सम्पन्न हुने) रु. २० लाख
९) इन्जिनियरिङ्ग क्याम्पस माथिल्लो गेटबाट डाँडाथोक जाने बाटो पोखरा १६, (यस आ.व.मा सम्पन्न हुने)
१०) देउराली मार्ग भयंरथान बानियाथर गैराबारी मार्ग, पोखरा १६, रु. ५० लाख
११) सुन्दरफिड महेन्द्र गुफा मार्ग, चालु आ.व.मा रु. ५० लाख यस वर्ष रु. १ करोड

ख) सिँचाइ र तटबन्दः
१) खहरे खोला तटबन्ध, पोखरा २०, जम्मा रु. ९० लाख यस वर्ष सम्पन्न हुने
२) अर्मला क्षेत्र संरक्षण कार्य, पोखरा १६, रु. ३० लाख
३) भलमफाँट सिँचाई योजना, पोखरा २०, (निरन्तरता) रु. २० लाख
४) मौजा बेसी लामडाँडा सिँचाई योजना, पोखरा २०, रु १० लाख
५) चापाको मुहान तल्ला खेत सिँचाई, पोखरा २०, रु. १५ लाख
६) ठूलाखेत चालिसे सिँचाइ आयोजना, पोखरा २०, रु. १५ लाख
७) कुनाखेत सिँचाइ योजना भलाम, पोखरा २०, रु. १० लाख
८) दाइखोला सिँचाई आयोजना, पोखरा २०
९) ठूलीबेसी फाँट उपल्लो मझुवा सिँचाइ योजना, पोखरा १६
१०) मझुवा ठूलावेसी सिँचाइ कुलो, पोखरा १६
११) सेती नदी नियन्त्रण कार्यक्रम, ७५ लाख

ग) खानेपानीः
१) अर्मलाकोट ¥याले डिही कुर खानेपानी योजना, पोखरा १६, रु. ६५ लाख २० हजार
२) हरिहरगुफा खानेपानी योजना, पोखरा २०, रु. ५ लाख
३) डाँडागाउँ भोजे खानेपानी आयोजना, पोखरा २०, रु. २० लाख ३० हजार
४) एग्रेघारी विचारी पानी खानेपानी आयोजना, पोखरा २० भलाम, रु. ४० लाख (निरन्तरता)
५) आँटीघर खानेपानी आयोजना, पोखरा २०, रु. २० लाख
६) भलाम १ र २ तथा भु.पु. सैनीक खानेपानी टंकी निर्माण, पोखरा २०
७) ठूलापंधेरा तथा कुर खानेपानी योजना, पोखरा १६

घ) पुलः
१) भलाम खोला पुल, पोखरा २०, (निरन्तरता – यस वर्ष सम्पन्न हुने) रु. २० लाख
२) भूते खोला सडक पुल, पोखरा १६
३) अम्वीका टोल कालीखोला झोलुङ्गे पुल, पोखरा १६
४) गल्छिनु पैरा खोला झोलुंगे पुल, पोखरा १६

सामाजिक विकास मन्त्रालयः
१) खस आर्य संग्रहालय, पोखरा ९, नयाँबजार (निरन्तरता) रु. ५० लाख
२) मन्दिर निर्माण संख्या–२ (स्थान पछि छनौट हुने)
३) जनप्रिय मा.वि., पोखरा ८, रु. ५ लाख
४) राम आधारभूत विद्यालय, पोखरा ८, रु. १ लाख
५) कालिका मा.वि., पोखरा ११, रु १ लाख ५० हजार
६) महेन्द्र मा.वि., पोखरा २० भलाम, रु १ लाख
७) ज्ञान ज्योति मा.वि., पोखरा १६, रु. ५ लाख

तपाईको प्रतिक्रिया