कोरोनाबाट मृत्यु भएका पुरुषको शव मजुवामा व्यवस्थापन, ८ राउण्ड हवाई फायर

समाधान संवाददाता
पोखरामा मृत्यु भएका स्याङ्जाका ५५ वर्षे कोरोना संक्रमित पुरुषको शव व्यवस्थापन गरिएको छ । स्थानीयको विरोधका बीच पोखरा–३२ मा व्यवस्थापन गरिएको पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।
डोजरले खाडल खन्न लागेको मेसो पाएपछि स्थानीयले विरोध गरेका थिए । प्रहरी र स्थानीय युवाबीच झडप पनि भएको पोखरा–३२ का एक जनप्रतिनिधिले समाधानलाई बताए ।
स्थानीय युवा तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाइ फायर गरेका थियो । ८ राउण्ड हवाई फायर भएको कास्की प्रहरीका प्रवक्त डिएसपी सुवास हमालले जानकारी दिए । प्रहरीले ८ स्थानीयलाई नियन्त्रणमा लिएको छ ।
उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती मृत्यु भएको हो ।
डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि स्याङ्जा वालिङ ३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।
पहिलो मृतकको शव व्यवस्थापन गर्दा पनि पोखरामा प्रहरी र स्थानीय बीच झडप भएको थियो । प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएपछि त्यतिबेला प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको थियो ।
तस्बिर : लेखनाथखबर








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया