संक्रमितको शव व्यवस्थापन रोक्न बलेको टायर र तोडफोड भएका गाडी, हेर्नुहोस् तस्बिर
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/Todfod-Photo-pkr-32.jpg)
रामशरण नेपाली, समाधान
कोरोनबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गर्दा भएको झडपमा सशस्त्र प्रहरीको भ्यान र नेपाल प्रहरीको मोटरसाइकल तोडफोड भएको छ । शव व्यवस्थापन गर्न नदिने अडानसहित विरोधमा उत्रिएका स्थानीयले नेपाल प्रहरीको २ बाइक, १ स्कुटर र सशस्त्रको एउटा भ्यानमा तोडफोड गरेका हुन् ।
स्थानीय तोडफोडमा उत्रिएपछि सशस्त्र प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ । तोडफोडमा उत्रिएका ८ स्थानीयलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/aago.jpg)
‘हामी शव व्यवस्थापन गरेर फर्किँदै थियौं । त्यस क्रममा स्थानीयबासी मजुवाको डेस्क तोडफोड र ढुंगामुढामा उत्रिनुभयो,’ प्रवक्ता हमालले भने, ‘त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर भएको हो ।’
सशस्त्र प्रहरीले ८ राउन्ड हवाई फायर गरेको उनले जानकारी दिए । प्रहरीले ८ जना स्थानीयलाई नियन्त्रणमा लिएको छ । स्याङ्जाका ५५ वर्षे कोरोना संक्रमित पुरुषको शव व्यस्थापन गर्ने क्रममा झडप भएको हो ।
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/1-majuwa.jpg)
उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती मृत्यु भएको हो ।
डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
यसअघि स्याङ्जा वालिङ ३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । पहिलो मृतकको शव व्यवस्थापन गर्दा पनि पोखरामा प्रहरी र स्थानीय बीच झडप भएको थियो ।
हेर्नुहोस् तस्बिर
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/Birod-photo-1.jpg)
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/Birod-photo-2.jpg)
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/0-majuwa.jpg)
तपाईको प्रतिक्रिया