मानव सेवा आश्रमलाई पेन्सन क्याम्पकाे सहयाेग
समाधान संवाददाता
२०७७ असार ११ गते १५:४७
पाेखरा
भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखराले पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रमका लागि खाद्यान्न लगायत सामग्री हस्तान्तरण गरेको छ ।
समुदायका लगि साझेदारीको अवधारणा अनुसार आश्रममा सहयोग गरेको पेन्स क्याम्प पोखराले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको समस्याले दैनिक जीवनयापनमा परेको कठिनाइमा परेका बेला क्याम्पले सहयोग गरेको हो ।
पेन्सन क्याप पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले सय किलो चाउचाउ, ८ सय प्याकेट बिस्कुट प्रदान गरेका हुन् । सरसफाइका लागि ७५ लिटर फिनेल र १० गोटा पोछा लगायत सामग्री मानव सेवा आश्रमलाई लेफ्टिनेन्ट कर्णेल त्रिपाठीले हस्तान्तरण गरे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया