तनहुँको म्याग्देमा ९ सहित १४ संक्रमित थपिए, गण्डकीभर ७६७
समाधान संवाददाता
२०७७ असार ११ गते १५:५२

समाधान संवाददाता, पाेखरा
तनहुँको म्याग्दे गाउँपालिकामा ९ जनासहित गण्डकी प्रदेशमा १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरको विनय त्रिवेणी गाउँपालिकामा ५ पनि कोरोना पुष्टि भएको छ ।
तनहुँको म्याग्दे गापाका ७ जना पुरुष र २ जना महिलामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नवलपुरको विनय त्रिवेणीमा ४ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
उनीहरु सबैलाई आइसाेलेसनमा लैजाने तयारी भइरहेकाे उनले बताए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ६७ पुगेको छ । कोरोनाबाट गण्डकीमा मृत्यु हुनेको संख्या २ छ । प्रदेशका संक्रमितमध्ये ९१ जना निको भई घर फर्केका छन् ।
सम्बन्धित







चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया