तनहुँको म्याग्देमा ९ सहित १४ संक्रमित थपिए, गण्डकीभर ७६७

समाधान संवाददाता २०७७ असार ११ गते १५:५२

समाधान संवाददाता, पाेखरा

Advertisement

तनहुँको म्याग्दे गाउँपालिकामा ९ जनासहित गण्डकी प्रदेशमा १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरको विनय त्रिवेणी गाउँपालिकामा ५ पनि कोरोना पुष्टि भएको छ ।

Advertisement

तनहुँको म्याग्दे गापाका ७ जना पुरुष र २ जना महिलामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नवलपुरको विनय त्रिवेणीमा ४ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

Advertisement

उनीहरु सबैलाई आइसाेलेसनमा लैजाने तयारी भइरहेकाे उनले बताए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ६७ पुगेको छ । कोरोनाबाट गण्डकीमा मृत्यु हुनेको संख्या २ छ । प्रदेशका संक्रमितमध्ये ९१ जना निको भई घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया