गण्डकीमा काेराेनाबाट १ सय १ जना निकाे
समाधान संवाददाता
२०७७ असार १२ गते ७:०७

पाेखरा
गण्डकी प्रदेशमा शुक्रबार बिहानसम्म १ सय १ जना काेराेना संक्रमित उपचारपछि निकाे भएर घर फर्केका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान विज्ञप्ति निकालेर गाेरखाकाे गण्डकी गाउँपालिकाका ५ पुरुष, गाेरखा नगरपालिकाका ३ पुरुष र १ महिला गरी जम्मा ९ जना निकाे भएर घर फर्केकाे जनाएकाे छ ।
निर्देशनालयले कोरोना संक्रमणको उपचार तथा ब्यबस्थापनमा अहोरात्र खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद ज्ञापन गर्दै अन्य बिरामीहरुलाई पनि उच्च मनोबलका साथै धैर्यता राख्न अनुरोधका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेकाे छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । शुक्रबार बिहान तनहु स्याङ्जा बागलुङ र नवलपुरमा गरी २५ जनामा संक्रमण पुष्टि भएकाे छ ।
प्रदेशमा हालसम्म २ जना संक्रमितकाे मृत्यु भएकाे छ ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया