मुस्ताङको वारागुङ मुक्तिक्षेत्रको बजेट २६ करोड २३ लाख
सुन्दरकुमार थकाली, जोमसोम
हिन्दू तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर समेत रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउपालिकाकी उपाध्यक्ष ढिकी गुरुङले बिहीबार छैठौं गाउँसभामा २६ करोड २३ लाख ४७ हजार रुपैयाँको बजेट पेस गरेकी हुन् ।
उपाध्यक्ष गुरुङले पेस गरेको बजेटमा चालुतर्फ १४ करोड १ लाख ७ हजार र पूँजीगततर्फ १२ करोड २२ लाख ४० हजार रहेको छ । प्रस्तुत पालिकाको बजेटमा संघीयतर्फ २० करोड ९ लाख करोड ८८ लाख समावेश छ । प्रदेशतर्फ २ करोड ८८ लाख ९ हजार आन्तरिक श्रोततर्फ २६ लाख ३५ हजार र अन्यतर्फ ३ करोडको बजेट छ । जसअन्तर्गत संघीय वित्तिय समानिकरण ६ करोड ७१ लख ,सशर्त अनुदान ८ करोड ७९ लाख ,विशेष अनुदान १ करोड र राजश्व बाडफाट ३ करोड ५९ लाख ३ हजार छ ।
यस्तै,प्रदेश तर्फको बजेट वित्तिय समानिकरण १ करोड २१ लख ४६ हजार ,राजश्व बाडफाड १६ लाख ६३ हजार ,विशेष अनुदान १ करोड र समपूरक अनुदान ५० लाख छ ।
वारागुङ मुक्तिक्षेत्रले विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड—१९ ) रोकथाम तथा नियन्त्रण र यसको व्यवस्थापन तर्फ २५ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष गुरुङले सुनाईन् । उक्त बजेटले क्वारेन्टाईन व्यवस्थापन ,सामाग्री खरिद ,राहत लगायतमा खर्च गर्ने उनले बताईन् । पालिकाले आयआर्जन कार्यका लागि आर्थिक स्वरोजगार कार्यक्रमतर्फ ३० लाख विनियोजन गरेको छ । बजेटले स्थानीय उत्पादन ब्रान्डिङमा खर्च गरिने जनाईएको छ । यस्तै प्रकोप व्यवस्थापनका लागि २५ लाख ,आकपस्मिक कोषका लागि १० लाख विनियोजन गरेको हो ।
उपाध्यक्ष गुरुङले पेश गरेको बजेटमा छुसाङ देखि पान्डा खोला सम्मको नदीजन्य पदार्थ उत्खनन वातावरण प्रभाव मुल्याकन (ईआईए) , प्लास्टिक ,ब्याग ,सिसा निषेध गर्ने , योजना बैङको लागि डिपिआर खर्चमा आवश्यक बजेट राख्ने , समग्र गाउपालिकाको बृतचित्र निर्माण गर्ने ,कागबेनी श्राद्धस्थल संरक्षण र त्यहा सौर्यबत्ती जडान गर्ने , कषि र पशुपालन व्यवसाय प्रर्वद्धनका लागि आवश्यक बजेट , ताङ्वे गाउलाई ऐतिहासिक गाउ बनाउन जोड गर्ने , पालिकामा रहेको विकट गाउलाई एक घर एक शौचालय ,प्लाष्टिक टनेल र त्यहाको सास्कृतिक सम्क्पदाको संरक्षण गर्ने ,गाउपालिकाको डिजिटल प्रोफाईल सार्वजनिक सेवा प्रवाहमा बिद्युतीय शासनको प्रयोगका लागि पूर्वाधार तयार गर्ने र पालिकालाई सूचना मैत्री तुल्याउन वेब साईड ,मोवाईल एप्सको थप प्रभावकारी प्रयोगमा जोड दिने लगायतका योजनामा बजेटले संम्वोधन गरेको उपाध्यक्ष गुरुङले उल्लेख गरिन् ।
तपाईको प्रतिक्रिया